logo

एयरलाइन्सहरुको आन्तरिक भ्रमण प्याकेजप्रति ‘नाट्टा’को असन्तुष्टी 

    2623   पटक पढिएको

६ असोज/अर्थ र व्यापार– एयरलाइन्सहरु आफैले आन्तरिक टुर प्याकेजहरु सार्वजनिक गर्न थालेपछि नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट ‘नाट्टा’का अध्यक्ष अच्युत गुरागाईंले असन्तुष्टि व्यक्त गरेका छन् ।  

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले सोमबार देशका विभिन्न ठाउँका लागि टुर प्याकेजहरु सार्वजनिक गर्ने कार्यक्रममा ‘नाट्टा’ अध्यक्ष गुरागाईंले एयरलाइन्सहरु आफैले प्याकेज बेचेपछि हामीले के बेच्ने भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । 

एयरलाइन्स आफैले आन्तरिक भ्रमणको लागि प्याकेज सार्वजनिक गर्न थालेछि परम्परागत रुपमा टुर प्याकेजहरु बिक्री गर्ने व्यवसायीहरु सजग भएको छ ।  

अध्यक्ष गुरागाईंले आन्तरिक पर्यटन प्रबर्द्धनका लागि एयरलाइन्सहरुको भुमिका महत्वपूर्ण हुन्छ । तर टुर प्याकेज ल्याउने तथा अपरेशन गर्ने व्यवसाय गर्नेहरु पनि छन् भन्दै प्याकेज एयरलाइन्सहरुले भन्दा अपरेटरमार्फतनै बिक्री गर्नु पर्ने बताए । 

तर आन्तरिक उडान गर्ने एयरलाइयन्सहरुले पनि यसअघि नै छुट्टै सहायक कम्पनी स्थापना गरेर आन्तरिक पर्यटनको लागि टुर प्याकेजहरु बिक्री गर्दै आएका छन् । यसअघिनै बुद्ध एयरले बुद्ध होलिडेज, यतीको यति होलिडेज लगायतका एजेन्सीहरु थिए ।

एक्सल ट्रिपका संस्थापक ज्ञानेन्द्र खड्काले प्रविधिले बनाएको सहज अवस्था अनुसार व्यवसाय रुपान्तरण भएपछिमात्र अघि बढ्ने भएकाले ट्राभल  तथा टुर अपरेटरहरु पनि सोहीअनुसार अघि बढ्नुपर्ने बताए । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।