logo

आजदेखि नगरकोटमा ६२ करोडको मिस्टिक माउन्टेन होटल सञ्चालनमा

    3564   पटक पढिएको

१३ साउन / अर्थ र व्यापार – ६२ करोड रुपैयाँको लागतमा १० वटा स्विट रुम र ६१ वटा डिलक्स गरी ७१ वटा कोठा रहेको मिस्टिक माउन्टेन होटल शुक्रबार (आज) देखि सञ्चालनमा आएको छ । नगरकोटमा रहेको ५ तारे होटेलमा पर्यटन व्यवसायी बालकृष्ण ध्वँजुको निजी र एकल लगानी रहेको छ । यसले २७ रोपनी क्षेत्रफल ओगटेको छ ।

पर्यटन तथा होटेल व्यवसायी ध्वँजुले विगतको आफ्नो अनुभवलाई सोही क्षेत्रमै लगानी गरी नगरकोटमा पर्यटन विकासका लागि नयाँ र अति सुविधा सम्पन्न होटेल बनाएको हो । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको हो ।

काठमाडौंबाट ३२ किलोमिटर टाढा डाँडामा अवस्थित सो होटेलको हरेक कोठाबाट विभिन्न हिमाल देख्न सकिन्छ । ‘अल्ट्रा लग्जरी’ होटेलको रूपमा स्थापित सो होटेलमा अधिकांश पूर्वाधार भारत, चीनका साथै इटालीसम्मका सामग्री प्रयोग गरिएको छ ।

टेनिस कोर्ट, हेल्थ क्लब, दई वटा स्विमिङ पुल, दुई वटा बार, एउटा कफी बारसहितको सो होटेल अशक्तमैत्री रहेको छ । दुई जना सुत्ने गरी ट्विन सेयरिङमा डिलक्स स्तरको प्रतिरुमको एकरातको मूल्य ब्रेकफास्ट, स्न्याक्स, वाइन र डिनरसहित कर समावेश गरी १५ हजार रुपैयाँ राखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।