logo

चीन र नेपाल बीचको संस्कृति तथा पर्यटन आदानप्रदान कार्यक्रम सम्पन्न

    525   पटक पढिएको

१६ वैशाख / अर्थ र व्यापार- चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा संस्कृति तथा पर्यटन आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमवार भएको कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा चीनको तिब्बतका सांस्कृतिक धरोहर र पर्यटन आकर्षणबारे छलफल गर्न पाउँदा अत्यन्तै खुशी भएको वताए ।

उनले चीन र नेपाल बिचको मैत्रीपुर्ण सम्बन्ध सभ्यताहरूबीचको आपसी अन्तरघुलन तथा परस्पर प्रोत्साहनलाई प्रवद्र्धन गर्दै, विविधताहरु बिचको सहअस्तित्व र हातेमालोको अवश्यकताबारे बर्तमान बिश्वको अह्वानलाई बुलन्द गर्दै अगाडि बढिरहेको वताए । उनले सबै मिलेर हिमाल वारिपारिको मित्रतालाई नयाँ उचाइमा पु¥याउन संयुक्त रूपमा प्रयास गर्न समेत आह्वान गरे ।

कार्यक्रममा शिगात्सेको संस्कृति तथा पर्यटन विभागका उप–महानिर्देशक यान छाओच्युनले शिगात्सेको विभिन्न विशेषताहरुको वारेमा वर्णन गर्नुका साथै शिगात्से आउने सम्पुर्ण पर्यटकहरूले होटल, पर्यटक स्थल र यात्रा मार्गहरूमा छुट सुविधा पाउन सक्ने समेत वताए ।

त्यस्तै ल्हासा शहरको संस्कृति तथा पर्यटन ब्युरोका उपनिर्देशक ली चियाङ्गले ल्हासा उपत्यकाबाट हिमालय पर्वत पार गरी काठमाडौँ उपत्यकामा आएर आफ्नो शहरको ब्रान्डिङ्ग र सांस्कृतिक पर्यटन विकासबारे कुराकानी गर्न पाउँदा अत्यन्तै सम्मानित महसुस गरेको वताए । उनले ल्हासाको सांस्कृतिक तथा पर्यटन स्रोतहरू वारे आफ्नो प्रस्तुती दिएका थिए भने सम्पूर्ण उद्यमीहरू र सांस्कृतिक–पर्यटन व्यवसायीहरूलाई ल्हासा भ्रमण गर्न, ल्हासाको अनुभव लिन र ल्हासामा लगानी गर्न निमन्त्रणा गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराश जोशी, टानका पूर्व अध्यक्ष ज्योति अधिकारी, वरिष्ठ पर्यटन व्यवसायी बिश्वेश श्रेष्ठ लगायत नेपालका टुर अपरेटरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिनुका साथै फोटो प्रर्दशनी समेत आयोजना गरिएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।