logo

सगरमाथामा थुप्रिएको फोहोर संकलन गर्न नेपाल लाइफ र राउन्ड टेबल नेपालबीच समझदारी

    825   पटक पढिएको


१४ चैत/अथै र व्यापार – नेपाल लाइफ इन्स्योरेन्सले सगरमाथामा हुने फोहोर व्यवस्थापनका लागि लगानी गर्ने भएको छ । बिहीबार इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच सगरमाथामा थुप्रिएको फोहोर व्यवस्थापन गर्ने सम्बन्धी समझदारी भएको हो।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
पराजुलीले सगरमाथा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय सम्पत्ति भएकाले चुनौतीपूर्ण बन्दै गएको फोहोर व्यवस्थापनका लागि नेपाल लाइफले राउन्ड टेबल नेपालसँग सहकार्य गरेको बताए।
‘नेपालको पहिचानको रूपमा रहेको सम्पदामा आरोहणका क्रममा थुप्रिने फोहोरलाई काठमाडौंमै ल्याएरै रिसाइकल गर्ने योजना छ’, उनले भने, ‘जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई हेर हिमाली क्षेत्रमा मानवीय कारण थुप्रिरहेको फोहोर सफा गर्न नेपाल लाइफले यो इनिसियसन लिएको हो।’
पराजुलीले नेपाल लाइफले वैकल्पिक लगानी र लगानी विविधीकरणका लागि विभिन्न क्षेत्रमा लगानी गरिरहेको बताए।
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले फोहोर व्यवस्थापनका क्षेत्रमा संस्थाले काम गर्दै आएको बताए।
‘राउन्डटेबल नेपालले २५ वर्षदेखि वातावरण, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो। हामीले अब प्रोजेक्ट केयरको माध्यमबाट विश्व सम्पदाको रूपमा रहेको सगरमाथामा हुने प्रदूषण नियन्त्रणका लागि नेपाल लाइफसँगको पार्टनरमा सफलता हासिल गर्नेछौँ। यसले नेपाल विश्वमा स्वस्थ वातावरणको रूपमा रहेको पहिचान गर्नेछ,’ उनले भने।
फोहोर व्यवस्थापनका लागि प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण कमिटी (एसपीसी) रहेको छ। एसपीसीले सोलुखुम्बुको खुम्बु क्षेत्रमा हुने प्रदूषण व्यवस्थापनका लागि तीन दशकदेखि काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।