logo

ल्याण्डमार्क होटल एण्ड रिसोर्टसको भ्यालेन्टाइन डे अफर सार्वजनिक

काठमाडौं, पोखरा, चितवन र भैरहवामा अफर पाईने

    617   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार – आगामी भ्यालेन्टाइन डे (फेब्रुअरी १४) को अवसरमा ल्याण्डमार्क होटल एण्ड रिसोर्टसले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ ।
आगामी २ फागुनमा पर्ने भ्यालेन्टाइन डे का लागि आफ्ना ग्राहकहरुका लागि सो होटलले भ्यालेन्टाइन डे विशेष अफर सार्वजनिक गरेको जनाएको छ । ल्याण्डमार्क होटल एण्ड रिसोर्टसले ल्याण्डमार्क काठमाडौ, ल्याण्डमार्क फरेष्ट पार्क चितवन, ल्याण्डमार्क पोखरा र ल्याण्डमार्क भैरहवाका होटलको सेवामा विशेष अफर प्रदान गर्न लागेको होटलले जनाएको छ ।
यस अफरमा सहभागी हुने ग्राहकहरुले चितवनस्थित ल्याण्डमार्क फरेस्टपार्कमा १ रात २ दिनको प्याकेजमा १७ हजार ६सय रुपैयाँ र २ रात तिनदिने प्याकेजमा २६ हजार १ सय रुपैयाँ बुझाएर होटलका कोठा बुकिङ गर्दा आकर्षक ब्रेकफास्ट, क्यान्डिल नाइट डिनर, वाइन, फ्रुट ब्रेकफास्ट, विमानस्थलबाट ल्याउने र लैजाने दुबै सेवा उपलब्ध हुने व्यवस्था रहेको सो होटलले जनाएको छ ।
यसैगरी, सो होटलले ल्याण्डमार्क काठमाडौंका लागि १ रात २ दिनको प्याकेजमा १३ हजार ४ सय रुपैयाँ र २ रात तिन दिने प्याकेजमा १८ हजार ९ सय रुपैयाँ बुझाएर होटलका कोठा बुकिङ गर्दा आकर्षक ब्रेकफास्ट, क्यान्डिल नाइट डिनर, वाइन, फ्रुट ब्रेकफास्ट, विमानस्थलबाट ल्याउने र लैजाने दुबै सेवा उपयोग गर्न पाउने छन् ।
त्यसैगरी, ल्याण्डमार्क पोखराका लागि १ रात २ दिनको प्याकेजमा जम्मा १५ हजार रुपैयाँ र २ रात तिनदिने प्याकेजमा २३ हजार ५ सय रुपैयाँमा होटलका कोठा बुकिङ गर्दा आकर्षक ब्रेकफास्ट, क्यान्डिलनाइट डिनर, वाइन, फ्रुट ब्रेकफास्ट, विमानस्थलबाट ल्याउने र लैजाने दुबै सेवा उपयोग गर्न पाउने छन् ।
त्यस्तै, ल्याण्डमार्क भैरहवाका लागि १ रात २ दिनको प्याकेजमा १२ हजार ५ सय रुपैयाँ र २ रात तिनदिने प्याकेजमा १८ हजार रुपैयाँ बुझाएर होटलका कोठा बुकिङ गर्दा आकर्षक ब्रेकफास्ट, क्यान्डिलनाइट डिनर, वाइन, फ्रुट ब्रेकफास्ट, विमानस्थलबाट ल्याउने र लैजाने दुबै सेवा उपयोग गर्न पाउने छन् । होटलले यो विशेष आकर्षक अफरको उचित लाभ लिन सबैलाई आह्वान गरिएको जनाएको छ ।
यस आकर्षक योजनामा सहभागी हुनका लागि यहि ७ देखि २८ फेब्रुअरीसम्मको समय निर्धारण गरिएको होटलले जनाएको छ । विशेषगरि नेपालमा पनि भ्यालेन्टाईन डे मनाउने प्रचलन बढ्दै गएको अवस्थालाई मध्यनजर गरि देशभित्र आन्तरिक पर्यटन लाई प्रवद्र्धन गर्न होटलले यस अफर ल्याएको होटलका निर्देशक सि.एन पाण्डेले वताए । विदेशी र आन्तरिक पर्यटक दुवैको उच्च रोजाईमा परेका कारण पनि ग्राहकहरुलाई थप लाभ हुन सकोस भनेर होटलले समय–समयमा यस्ता अफरहरु सार्वजनिक गर्ने गरेको समेत पाण्डेले वताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।