logo

प्रधानमन्त्री ओलीले गरे सुकेधारास्थित पाँचतारे मरक्योर होटलको उद्घाटन

    495   पटक पढिएको


२ माघ/अर्थ र व्यापार– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित पाँचतारे मरक्योर होटलको उद्घाटन गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले होटलको चाबी व्यवस्थापन समुहलाई हस्तान्तरण गर्दै सो होटलको उद्घाटन गरेका हुन् । युरोपियन विश्व प्रसिद्ध चेन होटलको ब्राण्ड मरक्योरले बुधबारदेखि नै काठमाडौको सुकेधारा हाइटस्थित सो होटल व्यवसायीक रुपमा सञ्चालनमा ल्याएको छ ।
होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मरक्योर होटल सञ्चालनमा आएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले ३ अर्ब रुपैयाँ लगानीमा सो होटल औपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् ।
होटल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटक नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटल व्यवसायमा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै होटल क्षेत्रको विकास र प्रर्वद्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए ।
पाँच रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको सो होटल ११ तलाको छ । जसको दोस्रो तलामा बैंक्वेट हल छ भने १० औं तलामा जिम हल रहेको छ । सो होटलमा १ सय४ वटा आरामदायी कोठा रहेका छन् । एसियासँगै युरोप, अमेरिका, अस्ट्रेलिया, चीन लगायत मुलुकमा चर्चित ब्रान्डका रुपमा स्थापित मरक्योरको नेपाल प्रवेशले समग्र पर्यटन तथा हस्पिटालिटी उद्योगमै थप टेवा पुर्याउने व्यवसायी बस्नेतको दाबी छ ।
पर्यटन व्यवसायी बस्नेतको एक्कल लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ । एकोरको अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘ मरक्योर’ को नामबाट होटल सञ्चालनमा आएको हो । बस्नेतले यो होटल ब्रान्ड नेपालमै पहिलो पटक भित्राएका हुन् ।
सुकेधारा हाइटमा एकदमै राम्रोसँग हिमाली दृश्यावलोकन गर्न सकिने किसिमले सञ्चालनमा आएको मक्र्योर होटल काठमाडौंका अध्यक्ष एवं सञ्चालक बस्नेत पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हुन् ।
यस होटलले बढिभन्दा बढी पैसा खर्च गर्ने ‘क्वालिटी टुरिस्ट’ ल्याउने लक्ष्य गरेको छ । सो होटल व्यवस्थापनका अनुसार मरक्योर होटलमा लक्जरी र सुइट गरी १ सय ४ कोठा छन् । होटलमा ‘डाइन’, ‘जायका’, ‘सोप्रा इटालियानो’, ‘द कोभ’ र ‘शुक्र बार’ गरी पाँच वटा रेस्टुरेन्ट छन् ।
मक्र्योरले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझै चिनाउने प्रयास गर्दै पाहुनालाई आधुनिक विलासिता र नेपाली सांस्कृतिक विशेषता अनुभव गराउने उद्देश्य लिएको अध्यक्ष बस्नेतले बताए । व्यवसायी बस्नेतले नेपालमै पहिलो पटक फ्रान्सेली होटल व्यवस्थापन तथा सञ्चालन समूह ‘एकोर ग्रुप’ को ब्रान्ड ‘ मरक्योर’ ल्याएका हुन् । सन् १९६७ मा स्थापना भएको एकोर ग्रुपले हाल १ सय १० भन्दा बढी देशमा ५ हजार ४ सयभन्दा धेरै होटल व्यवस्थापन गर्दै आएको छ ।
एकोरले हाल ४० भन्दा बढी ब्रान्डमा होटल व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ । जसमा मरक्योर, नोभोटेल, पुलम्यान, राफल्स, सोफीटेल, इबिज लगायत पर्छन् । हाल एकोर ग्रुपले मरक्योर ब्रान्डमा ६० भन्दा बढी देशमा ८ सय १० हाराहारी होटल व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ । मक्र्योर काठमाडौंका अध्यक्ष बस्नेतका अनुसार हाल यस होटलले १ सय ८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ ।
बिस्तारै नयाँ ब्यांक्वेट हल र अन्य सुविधा थप्ने र त्यसपछि रोजगारीको संख्या थप बढेर २ सय २० सम्म पुग्ने छ । यस होटलले एकरातको प्रतिकोठा न्यूनतम १ सय २५ अमेरिकी डलर तोकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट धेरै नजिकरहेको यस होटल काठमाडौंको चक्रपथमा रहेकाले पाहुनाकालागि धेरै अनुकुल रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।