logo

हिमाली क्षेत्रको पर्यावरणलाई जिवन्त राख्न पर्यटन सचिवको आग्रह

    796   पटक पढिएको


२९ मंसिर/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले नेपालको गौरब हिमाली क्षेत्रको पर्यावरणलाई जिवन्त राख्न
सम्बन्धीत सरोकारवालाहरुलाई आग्रह गरेका छन । काठमाडौमा सम्पन्न पर्वतारोहण सञ्चालक संघ नेपालको १६ औं वाषिक साधारण सभा तथा प्रमाणपत्र विरण कार्यक्रममा पर्यटन सचिव पाण्डेयले यस्तो आग्रह गरेका हुन् ।
विश्वको सर्बोच्च शिखर सगरमाथा लगायत सबै हिमाली क्षेत्रको पदयात्रा भ्रमण एवं हिमाल आरोहणका लागि नेपाल आउने विदेशी पर्यटकलाई आवस्यक प्राविधिक तथा पर्यटकीय पूर्वाधार सेवा प्रदान गर्दै आएका पर्यटन क्षेत्रसँग सम्बन्धीत यस संघ लगायत विभिन्न संस्थाहरुका प्रतिनिधीहरुलाई उनले यस्तो आग्रह गरेका हुन् ।
सो साधारण सभाको अवसरमा संघले हिमाल आरोहण गर्ने क्रममा डोरी टांग्न सहयोग गर्ने शेर्पाहरुलाइ प्रमाणपत्र सहित सम्मान गरेको थियो । पर्यटन सचिव पाण्डेय र संघका अध्यक्ष डम्बर पराजुली र महासचिव ऋषि भण्डारीले उनीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सो साधारण सभामा संघका महासचिव भण्डारीले पर्वतारोहण सञ्चालक संघ नेपालले अहिलेसम्म सम्पादन गरिरहेका विविध कामहरु र यस क्षेत्रको नीतिगत सुधारात्मक कार्यका बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रममा नेपाल पर्यटन बोड, पर्यटन विभागका प्रतिनिधीहरु, पर्यटन क्षेत्रसित सम्बन्धीत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, पर्वतारोहीहरु एवं पर्वतारोहण दलमा सहभागी आरोहण सहयोगी एवं शेर्पाहरुको बाक्लो उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।