logo

२७ वर्षपछि टीकापुर विमानस्थलको व्यवसायीक उडान सञ्चालनमा, तारा एयरले नेपालगंजबाट उडान भर्न थाल्यो

    427   पटक पढिएको


३० मंसिर/अर्थ र व्यापार – विगत २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । यस विमानस्थलमा आइतबार तारा एयरले नियमित व्यवसायीक उडान भरेको हो ।
तारा एयरको ट्वीनअटर विमान चालक दलका तीनसदसीय ६ जना कर्मचारी र १२ जना यात्रु बोकेर दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो । सो विमानमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी पनि सहभागी थिए ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु, उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँल गायतले सो विमान पुग्दा मिनास्थलमा भव्य स्वागत गरेका थिए ।
सो विमानस्थलमा अब हरेक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं व्यवसायीक उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने सम्झौता भएको नगर प्रमुख डगौरा थारूले जानकारी दिए ।
यदि कुनै दिन १५ जना यात्रु नपुगेको अवस्थामा टिकापुर नगरपालिकाले तारा एयरलाई अपुग यात्रुको भाडाबापतको रकम उपलब्ध गराउनुपर्ने सो सम्झौतामा उल्लेख छ ।
‘यति एयरलाइन्सले काठमाडौं–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । काठमाडौं–टीकापुरको एकतर्फी भाडा ९ हजार रुपैयाँ निर्धारण गरिएको छ,’ थारुले भने ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार तारा एयरको विमान नेपालगंजबाट दिउँसो दिउँसो १२ः३० बजे टीकापुर पुग्नेछ । तारा एयरको विमानले दिउँसो १ः२० बजे नेपालगञ्जका लागि उडान भर्नेछ । त्यो उडानका यात्रुलाई लिएर यति एयरलाइन्सको विमान सोही दिन दिउँसो २ः०५ बजे काठमाडौं आउने तालिका मिलाइएको बर्तौलाले जानकारी दिए ।
राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलमा काठमाडौं–टीकापुर सिधा हवाई उडान गर्ने बताए । गत निर्वाचनमा आफुले टीकापुर विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता जनाएको भन्दै आइतबारदेखि विमानस्थल नियमित सञ्चालनमा आएको बताए । उनले आगामी दिनमा नियमित व्यवसायीक उडान भर्न आफुले सक्दो प्रयास रहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।