logo

२७ वर्षपछि टीकापुर विमानस्थलको व्यवसायीक उडान सञ्चालनमा, तारा एयरले नेपालगंजबाट उडान भर्न थाल्यो

    735   पटक पढिएको


३० मंसिर/अर्थ र व्यापार – विगत २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । यस विमानस्थलमा आइतबार तारा एयरले नियमित व्यवसायीक उडान भरेको हो ।
तारा एयरको ट्वीनअटर विमान चालक दलका तीनसदसीय ६ जना कर्मचारी र १२ जना यात्रु बोकेर दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो । सो विमानमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी पनि सहभागी थिए ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु, उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँल गायतले सो विमान पुग्दा मिनास्थलमा भव्य स्वागत गरेका थिए ।
सो विमानस्थलमा अब हरेक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं व्यवसायीक उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने सम्झौता भएको नगर प्रमुख डगौरा थारूले जानकारी दिए ।
यदि कुनै दिन १५ जना यात्रु नपुगेको अवस्थामा टिकापुर नगरपालिकाले तारा एयरलाई अपुग यात्रुको भाडाबापतको रकम उपलब्ध गराउनुपर्ने सो सम्झौतामा उल्लेख छ ।
‘यति एयरलाइन्सले काठमाडौं–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । काठमाडौं–टीकापुरको एकतर्फी भाडा ९ हजार रुपैयाँ निर्धारण गरिएको छ,’ थारुले भने ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार तारा एयरको विमान नेपालगंजबाट दिउँसो दिउँसो १२ः३० बजे टीकापुर पुग्नेछ । तारा एयरको विमानले दिउँसो १ः२० बजे नेपालगञ्जका लागि उडान भर्नेछ । त्यो उडानका यात्रुलाई लिएर यति एयरलाइन्सको विमान सोही दिन दिउँसो २ः०५ बजे काठमाडौं आउने तालिका मिलाइएको बर्तौलाले जानकारी दिए ।
राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलमा काठमाडौं–टीकापुर सिधा हवाई उडान गर्ने बताए । गत निर्वाचनमा आफुले टीकापुर विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता जनाएको भन्दै आइतबारदेखि विमानस्थल नियमित सञ्चालनमा आएको बताए । उनले आगामी दिनमा नियमित व्यवसायीक उडान भर्न आफुले सक्दो प्रयास रहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।