logo

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

    885   पटक पढिएको


४ कात्तिक/अर्थ र व्यापार – पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगीबाट संक्रमित मिश्रको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ७१ वर्षको उमेरमा निधन भएको हो ।
मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा डोर्याउँदै आएका मिश्रको डेंगी र ब्रेन ह्याम्रेजका कारण उपचारको क्रममा निधन भएको हो । चार दशकयता मुलुकको पर्यटन क्षेत्रमा उच्च गुणस्तरीय पर्यटक भित्राउन महत्वपूर्ण भूमिका खेल्दै आएका मिश्र सदाका लागि बिदा भए ।
डेंगीबाट संक्रमित मिश्रको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको छ । परिवारले जानकारी गराए अनुसार १ बजे नै आर्यघाट पु¥याइने छ ।
पर्यटन व्यवसायी वसन्त मिश्र नेपालको एक पुराना व्यवसायी हुन् । उनले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएका छन् । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय थिए । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन मिश्रले निकै महत्वपूर्ण भूमिका खेलेका छन् ।
वसन्त मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका पनि एक पुराना व्यवसायी हुन् । उनले नेपालमा पर्यटनको प्रर्वधनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व गरेका थिए ।
वसन्त मिश्रलाई नेपालमा दिगो पर्यटनको पक्षपाती मानिन्छ, र उनले पर्यावरण संरक्षण र स्थानीय समुदायको उत्थानमा जोड दिने प्रकारको पर्यटनलाई प्राथमिकता दिएका छन् ।
पाटा, नेपाल एसोसिएसन अफ टुर अपरेटर ( नाटो) , नेपाल पर्यटन बोर्ड, पाटा नेपाल लगायतका संस्थामा स्थापनाकालदेखि नै मिश्रले योगदान दिँदै आएका थिए । उनका एक पत्नी र दुई छोरा छन्।
मिश्रको टेम्पल टाइगर जंगल लज नेपालको वन्यजन्तु पर्यटनको प्रतीक बनेको थियो । त्यहाँ पर्यटकले आरामदायी वातावरणमा बसेर जंगली जनावरहरूको प्राकृतिक वासस्थान नजिकैबाट अनुभव गर्न पाउँथे । वसन्तले पर्यटन र प्रकृति संरक्षण एकअर्काका परिपूरक हुन्, मित्र हुन् भनेर सिकाएर गए । उनै मिश्रको प्रभाव केवल व्यवसायमा मात्र सीमित थिएन। उनले स्थानीय समुदायलाई पर्यटनमा संलग्न गराएर रोजगारीका अवसरहरू सिर्जना गरेका थिए ।
चितवनको सौराहास्थित निकुञ्जभित्रका रिसोर्टहरू बन्द गर्ने सरकारी निर्णयले मिश्रलाई ठूलो धक्का दिएको थियो । सौराहाको व्यवसाय चम्काउन त्यहाँका केही स्थानीयले निकुञ्जको रिसोर्ट हटाउने अभियान चलाएका थिए । तर, अहिलेसम्म सो निकुञ्जभित्रका पुराना नेपाल चिनाउने राम्रा होटल तथा रिसोर्ट बन्द भइरहँदा सौराहाको पर्यटन गतिविधी नै रोकिएको जस्तो देखिएको सम्बन्धीत पर्यटन व्यवसायी एवं उनका सहकर्मीहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।