logo

प्राधिकरणले फिर्ता गरिदियो जजिरा एयरवेजको उडान प्रस्ताव, नयाँ तालिका पेस गर्न पत्राचार

    504   पटक पढिएको



४ असोज/अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि जजिरा एयरवेजले गरेको प्रस्ताव फिर्ता गरिदिएको छ ।
मध्यरातमा उडान र अवतरणको प्रस्ताव गरेको भन्दै प्राधिकरणले जजिरा एयरवेजलाई नयाँ तालिका पेस गर्न पत्राचार गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सो एयरवेजले राति २ः०० बजे अराइभल र ३ः०० बजे डिपार्चरको स्लट प्रस्ताव गरेकाले पुनः तालिका पेस गर्न पत्र पठाएको जानकारी दिए ।
क्यान जजिरा एयरवेजको प्रस्ताव आर्थिक रुपमा स्वीकार गर्न सक्ने अवस्थामा छैन। ‘जजिराले सातामा ३ वटा उडानको स्लट त माग्यो, तर समय अनुकुल भएन,’ उनले भने, ‘सरकारले भैरहवा विमानस्थलमा उडान सञ्चालन गर्ने वायुसेवालाई विशेष छुटको कार्ययोजना बनाएकाले हाम्रो आम्दानीको स्रोत नै हुँदैन ।
अनि जजिराले प्रस्ताव गरेको समयमा विमानस्थल चलाउन मासिक ५० लाखभन्दा बढी खर्च चाहिन्छ। जुन हामीले थेग्न सक्ने अवस्था हुँदैन। त्यसैले नयाँ तालिका पेस गर्न भनेका हौं।’
उनले बिमानस्थल बिहान ६ः०० बजेदेखि राती १२ः०० बजेसम्म खुला रहेकाले त्यो समयभित्र उडान भर्ने प्रस्ताव ल्याउन भनेको जानकारी दिए। जजिरा एयरवेजले यसअघि भैरहवामा ६ महिनासम्म उडान भरेको थियो। तर, यात्रु नपाएको कारण देखाएर उसले उडान बन्द गरेको थियो ।
अढाइ वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमले मलेसियाबाट फर्किने यात्रु झार्ने प्रयोजनका लागि सातामा एक दिन उडान भर्ने बाहेक नियमित उडन छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।