logo

प्राधिकरणले फिर्ता गरिदियो जजिरा एयरवेजको उडान प्रस्ताव, नयाँ तालिका पेस गर्न पत्राचार

    810   पटक पढिएको



४ असोज/अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि जजिरा एयरवेजले गरेको प्रस्ताव फिर्ता गरिदिएको छ ।
मध्यरातमा उडान र अवतरणको प्रस्ताव गरेको भन्दै प्राधिकरणले जजिरा एयरवेजलाई नयाँ तालिका पेस गर्न पत्राचार गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सो एयरवेजले राति २ः०० बजे अराइभल र ३ः०० बजे डिपार्चरको स्लट प्रस्ताव गरेकाले पुनः तालिका पेस गर्न पत्र पठाएको जानकारी दिए ।
क्यान जजिरा एयरवेजको प्रस्ताव आर्थिक रुपमा स्वीकार गर्न सक्ने अवस्थामा छैन। ‘जजिराले सातामा ३ वटा उडानको स्लट त माग्यो, तर समय अनुकुल भएन,’ उनले भने, ‘सरकारले भैरहवा विमानस्थलमा उडान सञ्चालन गर्ने वायुसेवालाई विशेष छुटको कार्ययोजना बनाएकाले हाम्रो आम्दानीको स्रोत नै हुँदैन ।
अनि जजिराले प्रस्ताव गरेको समयमा विमानस्थल चलाउन मासिक ५० लाखभन्दा बढी खर्च चाहिन्छ। जुन हामीले थेग्न सक्ने अवस्था हुँदैन। त्यसैले नयाँ तालिका पेस गर्न भनेका हौं।’
उनले बिमानस्थल बिहान ६ः०० बजेदेखि राती १२ः०० बजेसम्म खुला रहेकाले त्यो समयभित्र उडान भर्ने प्रस्ताव ल्याउन भनेको जानकारी दिए। जजिरा एयरवेजले यसअघि भैरहवामा ६ महिनासम्म उडान भरेको थियो। तर, यात्रु नपाएको कारण देखाएर उसले उडान बन्द गरेको थियो ।
अढाइ वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमले मलेसियाबाट फर्किने यात्रु झार्ने प्रयोजनका लागि सातामा एक दिन उडान भर्ने बाहेक नियमित उडन छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।