logo

टानको अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी

    593   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई १०० मतको अन्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
विजयी पाण्डेले ५८० मत प्राप्त गर्दा सापकोटाले ४८० मत ल्याएका थिए । वरिष्ठ उपाध्यक्षमा पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै सापकोटा समुहबाट कर्मा शेर्पा विजयी भएका छन् । प्रथम उपाध्यक्षमा सापकोटा समुहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।
यसैगरी, महासचिवमा पाण्डे समुहका सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समुहका राजेन्द्रप्रसाद सुबेदीलाई पराजित गरेका हुन् । सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन।
यसैगरी, सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छप्ते लामा र राजु गुरुङ निर्वाचित भएका छन् ।
टान अध्यक्षमा निर्वाचित पाण्डे नेकपा माओवादी र कांग्रेस एमालेको रुष्ट पक्षतर्फबाट उम्मेदार थिए । पाण्डेले सजिलै अत्याधिक मतले विजयी भएका हुन । सो निर्वाचनमा पराजित भएका सापकोटा सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा एमाले लगाएतको तर्फबाट संयुक्त उम्मेदवार बनेका थिए । नवनिर्वाचित अध्यक्ष पाण्डेलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बधाई दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।