logo

टानको कार्यसमिति सदस्यमा शृष्टि भण्डारीको उम्मेदवारी,उत्साही पदयात्री र पर्वतारोहीको रुपमा परिचित

    1179   पटक पढिएको

६ भदौ / अर्थ र व्यापार- आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा शृष्टि भण्डारीले सागर पाण्डे समुहवाट कार्यसमिति सदस्य –महिला) तर्फ उम्मेद्वारी दिएकी छन । उनी स्नोई होराइजन ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा. लि. को सञ्चालक हुन ।

नेपालको पर्वतीय पर्यटनमा प्रभावकारी रूपमा आफ्ना अभिभावकको विरासत र व्यवसाय सम्हाल्ने युवा कमै भेटिन्छन्, त्यसमा पनि महिलाको संख्या त झनै कम छ । आफ्नो वुवाको पर्वतिय पर्यटन पेशालाई शृष्टिले भने सम्हालेकि मात्र छैनन, थप योजनाका साथ काम गरिरहेकी छिन ।

नेपाल पर्वतारोहण संघ अन्तर्गतको चुली तथा आठ हजारी हिमाल आरोहण व्यवस्थापनमा अग्रपङ्क्तिमा आउने प्रतिष्ठित कम्पनीको नाम हो– स्नोई होराइजन ट्रेक्स एन्ड एक्सिपिडिसन । यसलाई उनका वुवा बोधराज भण्डारीले सन् २००९ मा स्थापना गरेका थिए । सिभिल इन्जिनियरिङमा स्नातक तहको अध्ययन गर्दा गर्दै बुवाको विरासतलाई काँध थापेकी थिईन, शृष्टिले । सन् २०१६ देखि पर्वतीय पर्यटनमा सक्रिय रुपमा लागेकी उनी हाल युवा पर्यटन व्यवसायीको रुपमा स्थापित भईसकेकी छिन ।

पर्वतीय पर्यटनमा आफूलाई समर्पण गर्नु सहज भने पक्कै छैन । तर बुवाको सङ्घर्षमयी विरासतलाई काँध हालेर पर्वतारोहण व्यवसायजस्तो चुनौतिपूर्ण व्यवसायलाई स्विकार्नु शृष्टिको साहसिक काम हो । स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश समेत उनले दिएकी छिन ।

स्नोई होराइजन ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा. लि. को साझेदार समेत रहेकी शृष्टिले पर्यटन सम्बन्धी थुप्रै तालिम, सेमिनार, गोष्ठीमा भाग लिनुका साथै पथप्रदर्शक तालिम पनि लिएकी छिन् । विभिन्न अन्तर्राष्ट्रिय मेलाहरूमा समेत आफ्नो कम्पनीको तर्फवाट प्रतिनिधित्व गरेकी छिन् ।

उनी एउटा कम्पनीको सञ्चालक मात्र होइनन्, आफैँमा एउटा उत्साही पदयात्री र पर्वतारोही पनि हुन् । उनको अभिरुचि साहसिक गतिविधिमा छ । उनले सिकलेस ट्रेक लगायत अन्नपूर्ण क्षेत्रका गन्तव्यहरू र सगरमाथा आधार शिविरलगायत विभिन्न प्रख्यात पदयात्रा मार्गहरूमा विदेशी पदयात्रा टोलीको सफलतापूर्वक नेतृत्व गरिसकेकी छिन् । उनले गत साल २०२३ अक्टोबर २६ मा खुम्बुको वरुण क्षेत्रमा रहेको टे«किङ पिकहरूमध्येको सबैभन्दा अग्लो एवं प्रसिद्ध चुली मेरा पिक (६,४७६ मि.) को सफल आरोहण गरेकी छिन् । उनका लागि यो आरोहण एउटा महत्वपूर्ण कोसेढुङ्गा थियो । यो उपलब्धिले उनको विशेषज्ञता र दृढ सङ्कल्पलाई मात्र होइन, हिमाली पर्यटन क्षेत्रमा उनको विश्वसनीयता र प्रभावलाई पनि बढाएको उनी वताउँछिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।