logo

यती एयरलाइन्सले ‘आयटा’बाट पायो उत्कृष्ट हवाई सुरक्षाको मान्यता

    557   पटक पढिएको


३० साउन/अर्थ र व्यापार– निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ‘आयटा’बाट उत्कृष्ट हवाई सुरक्षाको मान्यता पाएको छ । आयटा अन्तर्गत स्ट्याण्डर्ड सेफ्टी एसेसमेन्टमा उत्कृष्ट भएसँगै कम्पनीले आयटाबाट सो मान्यता पाएको हो।
सुरक्षित र भरपर्दो उडान सेवा कायम गरेकोमा कम्पनीले यो मान्यता पाएको जनाएको छ। ‘आयटाबाट यो मान्यता पाउँदा हामी धेरै नै गौरवान्वित छौं। हवाई सुरक्षा र परिचालन प्रक्रियाहरूको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धि हो,’ यती एयरलाइन्सका सीइओ सुभाष सापकोटाले भने, ‘यस उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ।’
कम्पनीको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले चरणबद्ध मूल्यांकनसँगै विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेको आधारमा यो मान्यता पाएको उनले जानकारी दिए।
उनले यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले पछिल्लो समय विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डलाई प्राथमिकता दिँदै आएको बताए। यसका लागि कम्पनीले अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रम र सुरक्षा व्यवस्थापन प्रणालीमा व्यापक लगानी गरेको उनले जानकारी दिए।
हाल यतीले ७ वटा एटीआर–७२ सिरिजको विमानमार्फत मुलुकका विभिन्न गन्तव्यमा नियमित व्यावसायिक उडान भर्दै आइरहेको जनाएको छ । हाल यतीले एयरलाइन्स कम्पनीले दैनिक ३४ वटा उडान तालिका अनुसार सेवा प्रदान गर्दै आएको बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।