logo

यती एयरलाइन्सले ‘आयटा’बाट पायो उत्कृष्ट हवाई सुरक्षाको मान्यता

    720   पटक पढिएको


३० साउन/अर्थ र व्यापार– निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ‘आयटा’बाट उत्कृष्ट हवाई सुरक्षाको मान्यता पाएको छ । आयटा अन्तर्गत स्ट्याण्डर्ड सेफ्टी एसेसमेन्टमा उत्कृष्ट भएसँगै कम्पनीले आयटाबाट सो मान्यता पाएको हो।
सुरक्षित र भरपर्दो उडान सेवा कायम गरेकोमा कम्पनीले यो मान्यता पाएको जनाएको छ। ‘आयटाबाट यो मान्यता पाउँदा हामी धेरै नै गौरवान्वित छौं। हवाई सुरक्षा र परिचालन प्रक्रियाहरूको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धि हो,’ यती एयरलाइन्सका सीइओ सुभाष सापकोटाले भने, ‘यस उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ।’
कम्पनीको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले चरणबद्ध मूल्यांकनसँगै विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेको आधारमा यो मान्यता पाएको उनले जानकारी दिए।
उनले यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले पछिल्लो समय विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डलाई प्राथमिकता दिँदै आएको बताए। यसका लागि कम्पनीले अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रम र सुरक्षा व्यवस्थापन प्रणालीमा व्यापक लगानी गरेको उनले जानकारी दिए।
हाल यतीले ७ वटा एटीआर–७२ सिरिजको विमानमार्फत मुलुकका विभिन्न गन्तव्यमा नियमित व्यावसायिक उडान भर्दै आइरहेको जनाएको छ । हाल यतीले एयरलाइन्स कम्पनीले दैनिक ३४ वटा उडान तालिका अनुसार सेवा प्रदान गर्दै आएको बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।