logo

हेलिकोप्टर दुर्घटनास्थल पुगेर पर्यटनमन्त्री पाण्डेले भने: फर्किन खोज्दा दुर्घटना भएको जस्तो देखिन्छ

    505   पटक पढिएको

२४ साउन/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नुवाकोट पुगेर एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको स्थानको अवलोकन गरेका छन् ।
बुधबारको हेलिकोप्टर दुर्घटनास्थलको अवस्थाबारे बुझेर फर्किएका मन्त्री पाण्डेले बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी गराउँदै हामीले झट्ट हेर्दा पाइलटले हेलिकोप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिएको बताए ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गर्दा नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । जसमा पाइलट अरुण मल्ल र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकोप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भने ।
नुवाकोटको छहरेतर्फ जाने टोखा काठमाडौको झोर भन्ने स्थानभन्दा केही माथि भञ्ज्याङ जस्तो ठाउँ रहेको र त्यहीँबाट हेलिकोप्टर फर्किने बेला दुर्घटना भएको जस्तो देखिने उनको भनाइ छ । मन्त्री पाण्डेका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ ।
त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकोप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ । मन्त्री पाण्डेका अनुसार सो हेलिकोप्टर चिनियाँ नागरिकहरुलाई रसुवाको स्याफ्रुबेंसी छोड्ने र फर्किने बेला अमेरिकी नागरिकहरुलाई ल्याउने योजनाका साथ काठमाडौंबाट उडेको थियो । काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ३ मिनेटपछि सो हेलिकोप्टर टावरसँग सम्पर्कविच्छेद भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।