logo

हेलिकोप्टर दुर्घटनास्थल पुगेर पर्यटनमन्त्री पाण्डेले भने: फर्किन खोज्दा दुर्घटना भएको जस्तो देखिन्छ

    782   पटक पढिएको

२४ साउन/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नुवाकोट पुगेर एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको स्थानको अवलोकन गरेका छन् ।
बुधबारको हेलिकोप्टर दुर्घटनास्थलको अवस्थाबारे बुझेर फर्किएका मन्त्री पाण्डेले बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी गराउँदै हामीले झट्ट हेर्दा पाइलटले हेलिकोप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिएको बताए ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गर्दा नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । जसमा पाइलट अरुण मल्ल र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकोप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भने ।
नुवाकोटको छहरेतर्फ जाने टोखा काठमाडौको झोर भन्ने स्थानभन्दा केही माथि भञ्ज्याङ जस्तो ठाउँ रहेको र त्यहीँबाट हेलिकोप्टर फर्किने बेला दुर्घटना भएको जस्तो देखिने उनको भनाइ छ । मन्त्री पाण्डेका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ ।
त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकोप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ । मन्त्री पाण्डेका अनुसार सो हेलिकोप्टर चिनियाँ नागरिकहरुलाई रसुवाको स्याफ्रुबेंसी छोड्ने र फर्किने बेला अमेरिकी नागरिकहरुलाई ल्याउने योजनाका साथ काठमाडौंबाट उडेको थियो । काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ३ मिनेटपछि सो हेलिकोप्टर टावरसँग सम्पर्कविच्छेद भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।