logo

सौर्य एयरलाइन्स दुर्घटना : १५ जनाको शव भेटियो, पाइलटसहिट ४ जनाको उद्धार

दुई स्थानलाई बेसबनाएर उद्धार गर्दै सुरक्षाकर्मी

    656   पटक पढिएको



९ साउन/अर्थ र व्यापार – पोखराको लागि उडान भर्न लागेको सोर्य एयरलाइन्सको विमान बुधबार विहान करिब ११ बजे भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । सो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पेप्सीकोला र गोठाटारतिरको रनवे क्षेत्रमा चिप्लिएर दुर्घटना भएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोली उद्धार तथा आगो निभाउन खटिरहेको छ ।
सो विमानमा चालक दलसहित १९ जना सवार थिए । दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारमा दर्जन भन्दाबढी एम्बुलेन्सहरु घटनास्थल पुगेका छन्।
विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने दुर्घटना क्षेत्र वरपर हेर्न मानिसको भीड लागेको छ । सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जना यात्रुको मृत्यु भएको छ । चालक दलसहित १९ जना सवार रहेको सो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
मर्मतका लागि पोखरा उडेको सो विमानमा अधिकाँश सौर्य एयरकै प्राविविध कर्मचारी थिए । सो विमान दुर्घटनामा ४ जनाको जीवितै उद्धार गरिएको छ । सो विमानका क्याप्टेनको उद्धार गरेर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, अन्य ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शवहरूलाई परीक्षणको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।