logo

होटल व्यवसायी अम्बिका श्रेष्ठको निधन

    641   पटक पढिएको


३ असार/अर्थ र व्यापार – द्वारिकाज ग्रुप अफ होटल एण्ड रिसोर्टकी अध्यक्ष अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार श्रेष्ठको निधन भएको हो।
निमोनियाका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो। श्रेष्ठलाई होटल तथा पर्यटन उद्योगको पायोनियरका रुपमा लिइन्छ । उनका दुई छोरी छन्।
लामो समय मुलुकको पर्यटन क्षेत्रमा रहेकी श्रेष्ठ द्वारिकाज ग्रुप अफ होटल एण्ड रिसोर्टको अध्यक्ष मात्र नभएर ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को संस्थापक अध्यक्ष समेत थिइन्।
निमोनियाबाट ग्रसित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । उनले शुक्रबार पशुपति आर्यघाटमा अन्तिम विदाइकासाथ दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा काठमाडौको बत्तिसपुतलीस्थित द्वारिकाज होटल तथा रिर्सोटको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छोरी छन् । श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।
श्रेष्ठसँग पर्यटन उद्योगका विभिन्न संघ–संगठनमा नेतृत्वदायी भूमिकामा रहेर लामो समय काम गरेको अनुभव थियो । श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन् । यसैगरी, उनले विभिन्न ट्राभल र ट्रेकिङ एजेन्सी समेत चलाइरहेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।