logo

नेपालमा पहिलोपटक साउथ एसियन ट्राभल अवार्ड्स हुँदै,४ साउनमा पहिलो कार्यक्रम

    612   पटक पढिएको



२५ असार/अर्थ र व्यापार – साउथ एसियन ट्राभल अवार्ड्सको आठौं संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सन् २०२४ का लागि प्रतिष्ठित कार्यक्रमको सूची सार्वजनिक गर्दै सो कार्यक्रमबारे जानकारी दिइएको हो ।
नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान)को सहयोगमा आगामी ४ साउनमा काठमाडौंको लैनचौरस्थित दि मल्ल होटलमा अवार्ड कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि आगामी ४ असोजमा होटल अलफ्ट काठमाडौंमा अर्को चरणको कार्यक्रम हुनेछ । यस कार्यक्रमले आतिथ्य उत्कृष्टताको शिखर प्रदर्शन गर्दै दक्षिण एसियाली होस्टिंगमा उत्कृष्ट उपलब्धिलाई मान्यता दिने र पुरस्कृत गर्ने कार्यक्रम तय भएको छ ।
यस अर्वाडको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले ‘एटोल, र बेंगलोमा आयोजित गरिएको थियो ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो अवार्डलाई दक्षिण एसियामा आतिथ्यताको उत्कृष्ट प्रवर्धन र उत्सव मनाउनका लागि प्रमुख प्लेटफर्मका रूपमा लिइन्छ । यो कार्यक्रमले नेपालको होटल व्यवसाय तथा पर्यटन क्षेत्रको प्रवर्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको हानले जनाएको छ ।
साउथ एसियन ट्राभल अवार्ड्स (साटा)ले साउथ एसिया क्षेत्रभरि आतिथ्य क्षेत्रमा उत्कृष्टतालाई मनाई र सम्मान गर्दै आइरहेको छ । यसको थप समर्थन गर्न सन् २०२४ का लागि प्रतिष्ठित कार्यक्रमको सूची सार्वजनिक गरेको हो । यो साटाको आठौं संस्करण हो । जसले दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट उपलब्धिलाई मान्यता दिँदै आएको छ ।
पर्यटन बोर्ड र हानको सहयोगमा, यो उत्सव विशेष कार्यक्रमको साथ सुरु हुने हानले जनाएको छ । एक प्रमुख नेटवर्किङ अवसरको रूपमा बनाइएको यस कार्यक्रमको उद्देश्य व्यापारमा प्रमुख खेलाडीबीच जडानहरू बढाउनु नै भएको पर्यटन बोर्डले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।