logo

ल्याण्डमार्क भैरहवाले पायो तीनतारे होटलको मान्यता

    1421   पटक पढिएको


६ असार/अर्थ र व्यापार– ल्याण्डमार्क भैरहवाले तीन तारे होटलको मान्यता प्राप्त गरेको छ । एल म्याग्रीफीको रिसोर्ट प्रालिले सञ्चालनमा ल्याएको ल्याण्डमार्क भैरहवाले पर्यटन ऐन २०३५ र र पथ प्रदर्शक नियमावली २०३८ अनुसार गत २१ जेठमा होटलको यो स्तर निर्धारण प्राप्त गरेको हो ।
पूर्वाधारका हिसावले चार तारेका लागि सबै सुबिधा उपलब्ध भए पनि १० वटा कोठा नपुगेका कारण तीन तारेको स्तर निर्धारण गरिएको पर्यटन विभागले जनाएको छ । चितवन, पोखरा र काठमाडौँमा ल्याण्डमार्क होटल सञ्चालन गरेर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको ल्याण्डमार्कले गत माघदेखि भैरहवामा नयाँ होटल सञ्चालनमा ल्याएको हो ।
रूपन्देही सिद्धार्थनगर नगरपालिका – ३ को सिंगापुर कोलनीमा ल्याण्डमार्क भैरहवा सुरू गरिएको र तीन तारे स्तर प्राप्त गरिएको ल्याण्डमार्क होटल सञ्चालन गर्ने सम्राट ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले जानकारी दिए । उनले तीनतारे होटलको स्तर पाएपछि अझै यस होटलमा ग्राहकको विश्वासनीयिता बढ्ने बताए । हाल यस होटलले ५० कोठासहित सेवा बिक्री गरिरहेको छ ।
पाण्डेले होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्मको आउने र जाने यातायातको सुविधा समेत रहेको बताए । उनले बेलहिया नाकाबाट समेत होटलले यातायात सुविधा उपलब्ध गराइरहेको जानकारी दिए ।
यस होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ । केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा कोरोना बार र कोटियार्ड लाउञ्ज समेत रहेको ल्याण्डमार्क भैरहवाका महाप्रबन्धक बसन्त पुरीले जानकारी दिए । उनले जर्मन प्रविधिबाट होटलको निर्माण भएको भन्दै यस्तो शैलीको तारे होटल नेपालमै पहिलो पटक तयार भएको जानकारी दिए ।
यस होटलमा आकर्षक स्वीमिङ पुलदेखि रूफटप बारसम्म रहेका छन । होटल समूहमा छुट्टै पहिचान बनाउँदै गरेको सम्राट ग्रुपले ल्याण्डमार्क फरेस्ट पार्क सौराहाको उत्कृट होटलको रूपमा सेवा दिइरहेको छ भने कास्कीमा ल्यण्डमार्क पोखराले पनि फेवातालको किनारबाट उत्कृष्ट सेवा दिइरहेको छ ।
हाल यो होटल आन्तरिक र बाह्य दुबै पर्यटकका लागि आकर्षण बन्दै गएको ल्याण्डमार्कले आगामी दिनमा नेपालका अन्य स्थानहरूमा समेत होटलहरू सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको सम्राट ग्रुपका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।
सम्राट ग्रुपले आन्तरिक पर्यटन प्रर्वधनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै नयाँ वर्ष र चाडपर्व लक्षित आकर्षक अफरहरू समेत दिने गरेको छ । विदा र चाडपर्वको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकका लागि राहत दिने उद्देश्यले यस्तो अफरहरू सार्वजनिक गर्ने गरिएको र यसलले निरन्तरता पाउने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।
ल्याण्डमार्कको एकमात्र उद्देश्य आफ्ना पाहुनाका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौँ, पोखरा, चितवन र भैरहवा तयार रहेको बताए । उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौता नहुने बताए ।
ल्याण्डमार्क होटल सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपंतिमा रहेको सो होटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।