logo

पर्यटक आगमन संख्या बढ्यो, मे महिनामा ९० हजार २११ पर्यटक नेपाल भित्रिए

    736   पटक पढिएको


२० जेठ/अर्थ र व्यापार – विगतका वर्षहरुको तुलनामा अहिले विभिन्न देशबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या उत्साहजनका रुपमा बढेको छ । हवाई मार्ग हुँदै मे महिनामा ९० हजार २ सय ११ जनाभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले यस्तो तथ्यांकबारे जानकारी गराएको हो । बोर्डले अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मारेर यस्तो जानकारी गराएको हो ।
बोर्डका अनुसार मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक हवाई मार्ग हुँदे नेपाल आएका हुन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा १६ दशमलब १ प्रतिशतले बढी हो ।
समिक्षा अवधीमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । मे महिनामा ३८ हजार २ सय ८८ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ४ दशमलब ७ प्रतिशतले धेरै हो ।
नेपालमा धेरै पर्यटक पठाउने देशको सूचीमा भारतपछि अमेरिका रहेको छ । मेमा ८ हजार ५२७ अमेरिकी नेपाल आएका हुन्। यो संख्या गत मे महिनाको तुलनामा ०.२ प्रतिशत कम हो।
चीनबाट ८ हजार ३८१ पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही अवधीको तुलनामा ७९.६ प्रतिशत बढी हो । बंगलादेशबाट ३ हजार ४५८, बेलायतबाट २ हजार ८०२ र अस्ट्रेलियाबाट २ हजार १९४ पर्यटक भित्रिएको यस तथ्यांकमा उल्लेख छ । बंगलादेशका पर्यटक ५९.८ प्रतिशतले बढ्दा बेलायती पर्यटकको संख्या भने ४.३ प्रतिशतले घटेको छ।
यसैगरी, मलेसियाबाट गत वर्षको मे महिनाको तुलनामा यसपालि ३७.३ प्रतिशत बढी अर्थात १ हजार ८सय १४जनाले धेरै हो । त्यसैगरी, जर्मनीबाट १ हजार ३ सय ९२ जना र दक्षिण कोरियाबाट १ हजार ३सय ७३ जना पर्यटक नेपाल भित्रिएका छन्।
जर्मनी पर्यटकको संख्या १९.५ र दक्षिण कोरियाली पर्यटकको संख्या ३२.१ प्रतिशतले बढेको हो। समिक्षिा अवधीमा रसियन पर्यटकको संख्या ६०.७ प्रतिशतले बढेको छ। यो देशबाट मेमा १ हजार ४ सय ३७ पर्यटक नेपाल भ्रमणमा आएका हुन्।
यस्तै फ्रान्सबाट गत वर्षको मे महिनाको तुलनामा १७ प्रतिशत बढी अर्थात १ हजार २८४ पर्यटक आएका छन्। १ हजार भन्दा बढी पर्यटक आउने देशको सूचीमा जापान र भुटान पनि छन्। जापानी पर्यटकको संख्या ३५ र भुटानी पर्यटकको संख्या ४९.६ प्रतिशतले बढेको छ।
नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले अन्तर्राष्ट्रिय बजारमा गरेको प्रचार प्रसारले हवाई मार्गहुँदे नेपाल भित्रिने पर्यटकको आगमन वृद्धि भएको बताए। अहिले नेपाल प्रतिशत पुरानै अवस्थामा फर्किसकेको दावी गर्दै उनले भने, ‘चीनको बजारलाई अझ चुस्त बनाउनुपर्ने आवश्यकता छ।’ यसले पर्यटन व्यवसायीलाई थप उत्साह बढाएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।