logo

पर्यटक आगमन संख्या बढ्यो, मे महिनामा ९० हजार २११ पर्यटक नेपाल भित्रिए

    493   पटक पढिएको


२० जेठ/अर्थ र व्यापार – विगतका वर्षहरुको तुलनामा अहिले विभिन्न देशबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या उत्साहजनका रुपमा बढेको छ । हवाई मार्ग हुँदै मे महिनामा ९० हजार २ सय ११ जनाभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले यस्तो तथ्यांकबारे जानकारी गराएको हो । बोर्डले अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मारेर यस्तो जानकारी गराएको हो ।
बोर्डका अनुसार मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक हवाई मार्ग हुँदे नेपाल आएका हुन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा १६ दशमलब १ प्रतिशतले बढी हो ।
समिक्षा अवधीमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । मे महिनामा ३८ हजार २ सय ८८ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ४ दशमलब ७ प्रतिशतले धेरै हो ।
नेपालमा धेरै पर्यटक पठाउने देशको सूचीमा भारतपछि अमेरिका रहेको छ । मेमा ८ हजार ५२७ अमेरिकी नेपाल आएका हुन्। यो संख्या गत मे महिनाको तुलनामा ०.२ प्रतिशत कम हो।
चीनबाट ८ हजार ३८१ पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही अवधीको तुलनामा ७९.६ प्रतिशत बढी हो । बंगलादेशबाट ३ हजार ४५८, बेलायतबाट २ हजार ८०२ र अस्ट्रेलियाबाट २ हजार १९४ पर्यटक भित्रिएको यस तथ्यांकमा उल्लेख छ । बंगलादेशका पर्यटक ५९.८ प्रतिशतले बढ्दा बेलायती पर्यटकको संख्या भने ४.३ प्रतिशतले घटेको छ।
यसैगरी, मलेसियाबाट गत वर्षको मे महिनाको तुलनामा यसपालि ३७.३ प्रतिशत बढी अर्थात १ हजार ८सय १४जनाले धेरै हो । त्यसैगरी, जर्मनीबाट १ हजार ३ सय ९२ जना र दक्षिण कोरियाबाट १ हजार ३सय ७३ जना पर्यटक नेपाल भित्रिएका छन्।
जर्मनी पर्यटकको संख्या १९.५ र दक्षिण कोरियाली पर्यटकको संख्या ३२.१ प्रतिशतले बढेको हो। समिक्षिा अवधीमा रसियन पर्यटकको संख्या ६०.७ प्रतिशतले बढेको छ। यो देशबाट मेमा १ हजार ४ सय ३७ पर्यटक नेपाल भ्रमणमा आएका हुन्।
यस्तै फ्रान्सबाट गत वर्षको मे महिनाको तुलनामा १७ प्रतिशत बढी अर्थात १ हजार २८४ पर्यटक आएका छन्। १ हजार भन्दा बढी पर्यटक आउने देशको सूचीमा जापान र भुटान पनि छन्। जापानी पर्यटकको संख्या ३५ र भुटानी पर्यटकको संख्या ४९.६ प्रतिशतले बढेको छ।
नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले अन्तर्राष्ट्रिय बजारमा गरेको प्रचार प्रसारले हवाई मार्गहुँदे नेपाल भित्रिने पर्यटकको आगमन वृद्धि भएको बताए। अहिले नेपाल प्रतिशत पुरानै अवस्थामा फर्किसकेको दावी गर्दै उनले भने, ‘चीनको बजारलाई अझ चुस्त बनाउनुपर्ने आवश्यकता छ।’ यसले पर्यटन व्यवसायीलाई थप उत्साह बढाएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।