logo

भएन सर्वसहमती, नाट्टा अध्यक्ष र महासचिवमा निर्वाचन हुने

    698   पटक पढिएको


२० जेठ/अर्थ र व्यापार – आगामी नयाँ नेतृत्व चयन सर्वसहमतीबाट हुने बताईए पनि आखिर टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्ष र महासचिव पदमा भने निर्वाचन नै हुने भएको छ ।
नाट्टाको सो निर्वाचनमा अध्यक्षमा कुमारमणी थपलिया र प्रमोद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नाट्टाको ५७ औं बार्षिक साधारण सभा एवं नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी २५ जेठमा निर्वाचन हुँदै छ ।
सो निर्वाचनकालागि शुक्रबार साँझ उनीहरुले मनोनयन दर्ता गराएका हुन । जसमा अध्यक्षमा दुई जनाको, महासचिवमा दुईजना र सदस्यमा पनि दुईजना बढीको उम्मेदवारी परेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।
नाट्टा निर्वाचन समितिका अनुसार अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थपलिया वर्तमान कार्यसमितिका महासचिव हुन भने दाहाल वरिष्ठ उपाध्यक्ष हुन ।
यसैगरी, महासचिवमा युविका भण्डारी र अमृत ढकालले मनोनय दर्ता गराएका छन् । भण्डारीले अध्यक्षका प्रत्यासी उम्मेदवार थपलिया र ढकालले दाहाल समुहबाट उम्मेदवारी दर्ता गराएका हुन ।
अध्यक्षका उम्मेदवार थपलिया समुहबाट वरिष्ठ उपाध्यक्षमा जिस्वाँ तुलाधर श्रेष्ठ, उपाध्यक्षमा घनश्याम घिमिरे, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्लेको मात्रै उम्मेदवारी परेको छ । उनीहरु बिरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भइसकेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, नाट्टा कार्यसमिति सदस्यहरुमा थपलिया समुहबाट रामसोभित नायक, श्रद्धा जोशी, सुदर्शन पौडेल, कृष्ण ढकाल, विदुर प्रसाद खतिवडा, रमा प्याकुरेल, विजय बराल र कृष्णा ढकालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, सदस्यमा अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार दाहालको समुहबाट दिनेश मैनाली र सुदर्शन गजुरेल दुई जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ। नाट्टामा कुल १७ सदस्यिय कार्यसमिति रहने व्यवस्था छ । जसमा १५ जना निर्वाचित र २ जना मनोनित सहित कुल १७ जना हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार यो निर्वाचन प्रक्रिया जारी रहेको नाट्टा निर्वाचन समितिले जनाएको छ । सो निर्वाचनमा सहभागी व्यवसायीहरुले भने अझै सहमतीको प्रयास जारी रहेकाले उम्मेदवारी फिर्ताको सम्भावना पनि रहेको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।