logo

३० औं पटक सगरमाथा शिखरमा पुगेर काठमाडौ आइपुगे कामीरिता

    572   पटक पढिएको


११ जेठ/अर्थ र व्यापार – विश्वप्रख्यात स्वदेशी आरोही कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको सफल आरोहण गरेर शुक्रबार काठमाडौं आइपुगेका छन । एकपछि अर्को गर्दै लगातार आफ्नै विश्व कीर्तिमान तोड्दै ३० पटक सगरमाथा शिखरमा पुगेर काठमाडौ आइपुगेका आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनले गत बुधबार बिहान ७ बजेर ४९ मिनेटमा ३० औँ पटक सगरमाथा शिखरमा पुगेर थप नयाँ रेकर्ड बनाएका थिए ।
सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै कीर्तिमानी आरोही हुन् । विश्वभर ‘एभरेस्ट म्यान’ नामले पनि चिनिएका कामीरिताले गत वर्षको बसन्तकालीन याममा आफैंले बनाएको २८ औं पटकको सगरमाथा आरोहणको रेकर्ड ब्रेक गर्दै यसपालीको एउटै सिजनमा गत ३० वैशाखको बिहान ७ बजेर २५ मिनेटका सगरमाथा शिखरमा पुगेर २९ औं पटक सफल आरोहण गरेका थिए । त्यसपछि उनी आधारशिविरबाट पुनः शिखरतर्फ फर्केका थिए । समुन्द्री सतहबाट झन्डै ५४ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरमा ८ दिन विश्राम गरेर ५४ वर्षीय कामीरिता शेर्पाले यो वर्षको एउटै सिजनमा दुई पटकका लागि सोमबार सगरमाथा चुचुरोतर्फ लागेका थिए ।
२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका सोलुखुम्बुको थामेका आरोही कामीरिताले पहिलो पटक २०५१ सालमा सगरमाथा आरोहण गरेका थिए । यसअघि उनले ५ वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरिसकेका छन् । एकै सिजनमा दुई पटकको आरोहणअन्तर्गत यो उनको छैंटौं आरोहण हो ।
आरोही कामीरिताले सगरमाथामा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ कायम हुन गएको बताए । सगरमाथासहित अरु ८ हजार अग्ला हिमालमा पनि उनले ४४ पटक आरोहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।