logo

भ्याटबारे अर्थमन्त्री पुनलाई नाट्टाले गरायो ध्यानाकर्षण

    619   पटक पढिएको


२६ बैशाख/अर्थ र व्यापार – ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) थप लाई लिएर अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री पुनलाई मन्त्रालयमा भेट्दै आगामी आर्थिक वर्षको नयाँ बजेट आउनुअघि नै थपिएका यस क्षेत्रको करका दर हटाएर समस्या समाधान गरिदिन नाट्टाले यस्तो माग गरेको हो ।
पर्यटन क्षेत्रमा कर जबर्जस्ती थप्दा टूर प्याकेजहरु महँगिनुका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय बजारमा हुने प्रतिस्पर्धामा नेपाली पक्ष कमजोर हुन जाने नाट्टाको ठहर छ । सरकारले गत वर्षदेखि थपेको करका दर केही हटाउन र केहीमा सहुलियतको माग व्यवसायीले राखेका छन्।
पर्यटन सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएका प्रतिष्ठानलाई विशेष व्यवस्था मिलाई भन्सार शुल्क, अन्तःशुल्क, प्रवेश शुल्क साथै मूअकरमा सहुलियत दिनुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पुनलाई स्मरण गराएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
‘पर्यटन क्षेत्रमा अव्यवहारिक रूपमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) जुन अन्तर्राष्ट्रिय मूल्य मान्यतासँग नमिल्ने खालको छन्, त्यस्ता करका दायराहरु खारेज हुनु पर्छ,’ उनले भने,’अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र हवाई सेवाको मूल्य मान्यता विपरीत हवाई टिकटमा लगाइएको भ्याट अव्यवहारिक छ । त्यसको पुनरावलोकन सही ढंगले हुनुपर्छ।’
उनले यसको विकल्पमा हवाई टिकट मूल्यको निश्चित केही प्रतिशत (बढीमा ३ देखि ५सय४०) विमानस्थल सेवा शुल्क तथा पर्यटन सेवा शुल्ककै अनुसार लागू गर्न सकिने सुझाव दिए । हवाई सेवा क्षेत्रमा लागू गरिएको मूल्य अभिवृद्धि करको प्राथमिक उद्गम स्रोत वायुसेवा प्रदायक नै हुने र वायुसेवा प्रदायकले नै भ्याटलाई लागु नगरी ट्राभल एजेन्सीहरुले मात्र हवाई भाडामा भ्याट समावेश गर्न असम्भव रहेको नाट्टाको भनाई छ।
गत सेप्टेम्बर अघि बुझाउन भनिएको भ्याट खारेज गर्न मन्त्रिपरिषद्ले निर्णय आवश्यक रहेको पनि नाट्टाले जनाएको छ । मुलुकमा बिक्री वितरण हुने हवाई टिकटका हकमा बाह्य टिकेटिङ एजेन्सी तथा कम्पनीमार्फत खरिद गर्दा अतिरिक्त ४० देखि ६० अमेरिकी डलर शुल्क लागू गरी स्वदेशी टिकेटिङ एजेन्सी तथा कम्पनीहरुबाट नै त्यस्ता हवाई टिकटहरु खरिद बिक्रीका लागि प्रोत्साहन गर्ने नीतिगत व्यवस्था आवश्यक भएको सम्बद्ध व्यवसायीको भनाइ छ।
आन्तरिक पर्यटन अभिवृद्धिका लागि कर्मचारी पर्यटन बिदा कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन गर्न नाट्टाले अर्थमन्त्री पुनलाई सुझाव दिएको छ । यसैगरि, अत्यधिक भन्सार महसुल, भ्याट एंव अतिरिक्त करहरुका कारण पर्यटन व्यवसायीलाई पर्यटकीय सवारीसाधन आयात गर्दा शुल्क अत्यन्तै महंगो भएको भन्दै नाट्टाले सो शुल्क घटाउन पनि माग गरेको छ । यस अन्तर्गत कम्तिमा ५० प्रतिशत छुटको माग व्यवसायीले गरेका छन ।
मुलुकको पर्यटन व्यवसायको मेरुदण्ड रहेको, स्वदेशी तथा विदेशी पर्यटकबीच भरपर्दो, सुरक्षित र आरामदायी सेवा प्रदान गर्ने भनि प्रतिष्ठा आर्जन गरिसकेका पर्यटकीय सवारीसाधनहरुको छुट्टै पहिचान हुने गरि साबिकमा जस्तै हरियो पृष्ठभूमिमा इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराउनुपर्ने पनि नाट्टाको माग छ।
व्यवसायीलाई आर्थिक कारोबारका लागि स्वदेशी तथा विदेशी मुद्रा भुक्तानीका लागि कर्पोरेट डेविट तथा क्रेडिट कार्डको व्यवस्था गर्न, वैदेशिक भ्रमणमा जाँदा लाग्ने सेवा शुल्कको भ्याट, मूल्य अभिवृद्धि कर निर्देशिकाको संशोधन–२०६९ को संशोधन २०७६ को २० र २५ बमोजिमको उदाहरण अनुसार स्पष्ट हुन आवश्यक रहेको पनि नाट्टा लगायतका पर्यटन क्षेत्रका संघ संगठनहरुले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।