logo

चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

    747   पटक पढिएको


२० वैशाख/अर्थ र व्यापार – बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा विगत चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहानबाट खुलेको छ ।
अन्नपूर्ण सर्किटको पदयात्रा तथा हिमाल आरोहणको लागि मुख्य सिजन बसन्त ऋतुमा यसरी हवाई उडान नै रोकिएपछि स्थानीय पर्यटन व्यवसायीलाई निकै असर परेको थियो । यसअघि गत चार दिनदेखि रोकिएका उडान बिहीबार बिहानदेखि नियमित सुचारु भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।
‘विगत चार दिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइृ उडान भएको थिएन । बिहीबार भिजिबिलिटी पुगेकाले नियमित व्यवसायीक उडान सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विगत चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भएको सम्बन्धीत वायुसेवा कम्पनीका प्रतिनिधीहरुले जनाकारी गराएका छन । यसैगरी, बुद्ध एयरका सूचना अधिकारी कर्णले पनि यस्तै बताए ।
अहिले मौसममा सुधार आएसँगै बिहीबार बिहानैदेखि उडान नियमित भएका उनले बताए। पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र आकासमा थुमिएको बाक्लो तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको बताइएको छ ।
यस सेक्टरमा विगत चार दिनसम्म हवाई उडान नहुँदा यात्रुले अन्य वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।