logo

चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

    637   पटक पढिएको


२० वैशाख/अर्थ र व्यापार – बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा विगत चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहानबाट खुलेको छ ।
अन्नपूर्ण सर्किटको पदयात्रा तथा हिमाल आरोहणको लागि मुख्य सिजन बसन्त ऋतुमा यसरी हवाई उडान नै रोकिएपछि स्थानीय पर्यटन व्यवसायीलाई निकै असर परेको थियो । यसअघि गत चार दिनदेखि रोकिएका उडान बिहीबार बिहानदेखि नियमित सुचारु भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।
‘विगत चार दिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइृ उडान भएको थिएन । बिहीबार भिजिबिलिटी पुगेकाले नियमित व्यवसायीक उडान सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विगत चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भएको सम्बन्धीत वायुसेवा कम्पनीका प्रतिनिधीहरुले जनाकारी गराएका छन । यसैगरी, बुद्ध एयरका सूचना अधिकारी कर्णले पनि यस्तै बताए ।
अहिले मौसममा सुधार आएसँगै बिहीबार बिहानैदेखि उडान नियमित भएका उनले बताए। पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र आकासमा थुमिएको बाक्लो तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको बताइएको छ ।
यस सेक्टरमा विगत चार दिनसम्म हवाई उडान नहुँदा यात्रुले अन्य वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।