logo

अस्ट्रेलियन महिला आरोहीले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

    594   पटक पढिएको


३ बैशाख/अर्थ र व्यापार – अस्ट्रेलियन महिला आरोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी छन् । यसपालीको वसन्त ऋतुको आरोहण अभियान सुरु भएसँगै आइतबार आरोही पेपरले विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी हुन् ।
उनको यस हिमाल आरोहण व्यवस्थापनको जिम्मा लिएको सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङमा शेर्पाले यस्तो जानकारी गराएका हुन। शेर्पाका अनुसार ४७ वर्षीया अस्ट्रेलियन महिला आरोही पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण –१ को शिखर चुम्न सफल भएकी हुन् । आफ्नो कम्पनीबाट गएका लगभग सबैले यो सिजनमा अन्नपूर्ण आरोहण गरेको सेभेन समिटका अध्यक्ष शेर्पाले जानकारी दिए ।
यसअघि १७ वर्षीय नेपाली आरोही निमा रिन्जी शेर्पाले पनि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी थिइन् । उनले १२ अप्रिलका दिन यस हिमालको आरोहण गरेकी थिइन् । दुवै आरोही सेभेन समिट ट्रेक्स कम्पनी मार्फत आरोहणमा गएका थिए ।दुई आरोहीले बिना अक्सिजन अन्नपूर्ण–१ हिमाल आरोहण गरेको जानकारी आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए ।
यसपाली अन्नपूर्ण–१ हिमालमा ‘रोपफिक्सिङ’को काम सफल भएसँगै धमाधम आरोहण भइरहेको छ । दुई दिनको अवधिमा दुई जनाले बिना अक्सिजन सफल आरोहण गरेको जानकारी आएको जानकारी गराउँदै उनले भने, ‘ अब यसलाई हामीले विभागबाट आधिकारीक रुपमा प्रमाणीकरण गर्न मात्र बाँकी छ । ’
दुई वर्षभित्र विश्वका आठहजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी अस्ट्रेलियन महिला आरोही पेपरले अन्नपूर्ण आरोहणसँगै तीनवटा आठहजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सफल भएकी छन् । उनले यसपछि कञ्चनजंगा र मकालु हिमालको आरोहण गर्ने लक्ष्य लिएकी छिन् ।
सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी पेपरले सन् २०२३ को जुलाई १५ का दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक ९ हजार ८ सय ५२ मिटर र विश्वको पाँचौँ अग्लो हिमाल मनास्लु ९ हजार ८ सय १६ मिटरको सन् २०२३ को सेप्टेम्बर २८ का दिन अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेको थिइन् ।
अस्टे«लियाको सिड्नी निवासी महिला आरोही पेपरले सन् २०२३ को जुलाई १५ का दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिकको बिना अक्सिजन सफल आरोहण गरी पहिलो अस्ट्रेलियन महिला बनेकी थिइन् । हालसम्म ६ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका छन ।
पर्यटन विभागका अनुसार यो सिजनमा अन्नपूर्ण–१ हिमाल आरोहणका लागि तीनवटा आरोहण दलका ११ महिला र १४ पुरुष गरी कूल २५ जनाले आरोहण अनुमति लिएका थिए । आइतबार अस्ट्रेलियन महिला आरोही एलीले बिना अक्सिजन विश्वका १० औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरी नयाँ रकर्ड बनाएकी हुन । उनले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाउदै उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाले अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी सुनाइन् ।
अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै पेपरले तीनवटा आठहजार मिटर अग्ला हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल भएकी छन् । एकपछि अर्को आठहजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आफूूले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरोसम्म पाइला टेक्ने उनको अठोट छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।