logo

हिमाल आरोहीबाट डेढ महिनामै उठ्यो ३४ करोड रोयल्टी

    715   पटक पढिएको


३० चैत/अर्थ र व्यापार – यसपालीको बसन्त ऋतुको हिमाल आरोहणकालागि करिब डेढ महिना एवं मार्च एक देखि अप्रिल १० सम्म सगरमाथा लगायत विभिन्न १९ वटा हिमाल आरोहणमा जाने आरोहीहरूबाट सरकारले ३४ करोड रुपैयाँ बढी रोयल्टी उठाएको छ । पर्यटन विभागका अनुसार १ मार्च देखि १० अप्रिलसम्म सरकारले विश्वको सर्बोच्च शिखर सगरमाथा लगायत १९ वटा विभिन्न हिमाल आरोहण गर्ने ५सय १२ जनाबाट ३४ करोड ४३ लाख ९९ हजार ६५६ रुपैयाँ रोयल्टी उठाएको हो ।
विभागका अनुसार सो अवधिमा सबैभन्दा धेरै रोयल्टी भने सगरमाथाबाट उठेको छ । यस अवधिमा सगरमाथा आरोहणका लागि २०९ जनाबाट २९ करोड ७५ लाख २८ हजार ५सय ३५ रुपैयाँ, ल्होत्सेको लागि ५५ जनामार्फत १ करोड ३१ लाख ७८ हजार १सय ४२ र मकालुको लागि ४५ जना मार्फत १ करोड ७ लाख ७४ हजार ८ सय रुपैयाँ रोयल्टी आम्दानी भएको छ ।
यसैगरी, यस अवधिमा आमादब्लम ६६ जना, अन्नपूर्ण २५ जना, कञ्चनजंघा ३१ जना, धौलागिरी १५ जना, जुगल १ र २ मा २२ जना र लिंगत्रेन हिमाल ११ जनाले आरोहण गर्नको लागि रोयल्टी बुझाएको विभागको पवतारोहण शाखाले जनाएको छ ।
सो शाखाका अनुसार आगामी दिनमा आरोहणकालागि रायल्टी संकलन हुनेक्रम अझै बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।