logo

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो –२०२४ को समय परिवर्तन,एक्स्पो आगामी १४ र १५ जुनमा हुने

    1004   पटक पढिएको

२० चैत/अर्थ र व्यापार – नेपालमा पर्यटन सम्बन्धि मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धन गर्ने उदेस्यले समिट इभेन्ट्स एण्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रर्वद्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा काठमाडौमा आयोजना हुन गइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट–२०२४) को समय परिवर्तन भएको छ ।
छिमेकी देश भारतमा हुन लागेको आसन्न निर्वाचनको कारण आवागमन बन्द रहने तथा कतिपय नेपाल भारत सीमा समेत बन्द रहने भएकाले भारत तथा भारत हुँदै नेपाल आउने विभिन्न देशका क्रेता तथा अन्य सहभागीहरुलाई नेपाल आउन कठिनाई हुने देखिएपछि आयोजक संस्थाले सो एक्स्पोको समय परिर्वतन गरेको हो ।
आगामी १ जुनमा भारतको कोलकाता, वाराणसी र बिहारमा निर्वाचन रहेको र मे २९ तारिखबाट सीमा नाका बन्द रहने भएकोले सबै सरोकारवालाहरूको सहभागिता र सुविधा सुनिश्चित गर्न यस एक्स्पोको समय परिर्वन गरिएको समिट इभेन्ट्स एण्ड मार्केट्सका संस्थापक विष्णु पाण्डेले जानकारी दिए ।
यसअघि मे ३१ र जुन १ तारिखमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको सो कार्यक्रमको समय परिवर्तन भएर अब आगामी १४र १५ जुनमा आयोजना हुने निणर्य भएको पाण्डेले जानकारी दिए ।
नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइट गर्दै विश्व पर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्यलाई प्रवद्र्धन गर्दै एउटा प्रमुख कार्यक्रम हुने लक्ष्य लिएको छ । यस एस्कपो मा २ सय ५० भन्दा बढी होस्ट गरिएका खरीदकर्ताएहरू, एकहजार भन्दा बढि ट्रेड आगन्तुकहरू र १ सय ३० भन्दा बढी प्रदर्शकहरू सहित नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिप्स, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, दुवई, टर्की, फिलिपिन्स र अजरबैजान गरि १६ भन्दा बढी देशहरूका प्रदर्शकहरूको सहभागिता रहने छ ।
यस एक्स्पोमा ट्राभल एजेन्सी, होटल, एयरलाइन्स, टुर अपरेटर लगायतका विभिन्न क्षेत्रका प्रदर्शकहरुको सहभागिता रहने पाण्डेले जानकारी दिए । नेपाल पर्यटन बोर्ड प्रर्वद्धक तथा ह्याम्स अस्पताल हेल्थ पार्टनर, र सफट होलिडेज टान्सपोर्ट पार्टनरका रुपमा रहेको एक्स्पोले नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी बन्ने लक्ष्य राखेको छ ।
जसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापनागर्ने लक्ष्य राखेको छ । एक्स्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल हुने र जसले गर्दा व्यापारिक सम्पर्क बढाउन र नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्नको लागि एक प्रमुख प्लेटफर्मको रूपमायो कार्यक्रम रहने विश्वास गरिएको अर्का संस्थापक शिशिर खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।