logo

बसन्त ऋतुका लागि आरोहण अनुमति दिन थालियो, पहिलोदिनमै ४६ जनालाई परमिट

    929   पटक पढिएको


१३ चैत/अर्थ र व्यापार – वसन्त ऋतुमा हुने हिमाल आरोहणका लागि परमिट जारी गर्न थालिएको छ । पर्यटन विभागका अनुसार सोमबार पहिलो अनुमति जारी भएको छ । यस दिन सगरमाथाका लागि ८ जनाको एक आरोहण दलले अनुमति लिएको छ ।
सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ हिमाल आरोहणका लागि परमिट जारी भएका छन् । यस दिन कुल ४६ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।
अहिले हिमालमा जाने आरोहण दलका सदस्यहरुले आफ्नो तयारी गरिरहेका छन् । नेपालमा सामान्यतया जेठ महिनाको पहिलो साताबाट बढी आरोहण हुने गर्छ । सगरमाथा चढ्न वसन्त ऋतु मुख्य सिजन मानिन्छ । सोहीकारण सगरमाथा हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।
यो सिजनको आरोहण व्यवस्थित गर्न खुम्बु पासाङ ल्हामु गाउँपालिकाले समेत विभिन्न नियम बनाएको छ । जसमा हिमाल आरोहणमा जानेले दिसापिसाब फिर्ता ल्याउनुपर्नेसम्मका नियम बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।