logo

आन्तरिक हवाई दुर्घटनामा पनि यात्रुले पाउने क्षतिपूर्ति एक लाख डलर पुर्याइँदै

    661   पटक पढिएको


३० फागुन/अर्थ र व्यपार – आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारले बिमाबापत प्राप्त गर्ने क्षतिपूर्ति रकम पाँच गुणाले बढ्ने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक’ तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएसँगै क्षतिपूर्ति रकम बढाउने तयारी गरिएको हो ।
पर्यटन मन्त्रालयका अनुसार विधेयकमा आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुलाई दिइने क्षतिपूर्ति एक लाख अमेरिकी डलर पु¥याउन प्रस्ताव गरिँदै छ । अहिले आन्तरिक दुर्घटनामा ज्यान गुमाउने यात्रुले २० हजार डलर क्षतिपूर्ति पाउँदै आएका छन। मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाएसँगै अब विधेयकलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पेस गरिने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
हवाई यात्रुहरूको हक–अधिकारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने सरकारको उद्देश्य रहेको बताउँदै लामिछानेले भने, ‘हामीले छिट्टै विधेयक मन्त्रिपरिषद्मा पेस गर्नेछौँ ।’ मन्त्रिपरिषद्बाट स्वीकृत र संसद्बाट पारित भएपछि विधेयकले कानुनको रूप धारण गर्नेछ । यो विधेयक बनाउन २०७७ चैतमा कार्यदल गठन गरिएको थियो ।
सहसचिव लामिछानेको नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले विधेयक तयार गरेर तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेलाई बुझाएको थियो । मस्यौदामा क्षतिपूर्ति रकम एक लाख डलर प्रस्ताव गरिएको छ ।

दुर्घटना भएको ३० दिनभित्र मृतकका परिवारले वायुसेवा कम्पनीमा क्षतिपूर्ति रकम दाबी गरिसक्नुपर्ने व्यवस्था गरिँदै छ । नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मट्रियल महासन्धि १९९९ लाई अनुमोदन गरेसँगै अन्तर्राष्ट्रिय वायुसेवा दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुका परिवारले एक लाख ६५ हजार डलर क्षतिपूर्तिबापत पाउँछन । मट्रियल महासन्धि बमोजिम विधेयकमा जहाज डिले हुँदा, ब्यागेज टुटफुट हुँदा, ब्यागेज हराएमा, यात्रा स्थगन हुँदा, कार्गो ओसारपसार गर्दा टुटफुट, ढिलाई र हराउँदा क्षतिपूर्ति पाउने विषय पनि समेटिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसमा यात्रुले कुन अवस्थामा क्षतिपूर्ति दाबी गर्न पाउने र कुन अवस्थामा नपाउने भन्ने पनि प्रावधान तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।