logo

महाशिवरात्रीमा कैलाश–मानसरोवरमा माउन्टेन फ्लाइट, १५० भारतीय तीर्थयात्रीले गरे दर्शन

    191   पटक पढिएको


२५ फागुन/अर्थ र व्यापार – पथिल होलिडेजले महाशिवरात्रीको अवसरमा नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टू टेम्पल्ससँगको समन्वयमा १५० जना भारतीय तीर्थयात्रीलाई कैलाश पर्वत र मानसरोवरको दर्शन गराएको छ।
यस कम्पनीले १५० तीर्थयात्रीलाई नेपालगंजबाट श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी चीनको तिब्बतस्थित कैलाश पर्वत र मानसरोवरको दर्शन गराएको हो।
माउन्टेन फ्लाइटबाट कैलाश–मानसरोवर दर्शन गर्न पाएकामा तीर्थयात्रीले खुशी प्रकट गरेका छन्। शिव पार्वतीको घर देख्ने बाल्यकालदेखिको सपना पूरा भएको कर्नाटकाकी ३३ वर्षिया अरुणा यनले बताइन्। ‘विमानबाटै यतिराम्रोसँग दर्शन गर्न पाउँदा अत्यन्तै खुशी छौं,’ नयाँ दिल्लीका ६७ बर्षिय गोपाल सेठले भने।
कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै तीर्थयात्रीले रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको पनि दृश्यावलोकन गरेको सो कम्पनीले जनाएको छ।
कोरोना विश्वमहामारि अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगंज हुँदै मानसरोवर पुग्ने गरेका थिए। तीर्थयात्रीहरु नेपालगंजबाट विमानमा सिमकोट गएर त्यहाँ एकरात बसी हिल्सासम्म हेलिकोप्टरमा गई त्यहाँबाट बसमा २ दिनमा ताक्लाकोट हुँदै मानसरोवर पुग्थे। तर, कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिसा नदिएपछि यो रुट सुनसान बनेको छ।
भिसाका कारण रोकिएका भारतीय पर्यटकलाई माउन्टेन फ्लाइटबाट मानसरोवर दर्शन गराएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले बताए । नेपालगंजको सुस्ताएको पर्यटन गतिविधिमा माउन्टेन फ्लाइटले सहयोग पुग्ने उनको भनाइ छ। माउन्टेन फ्लाइटका लागि १५० भारतीय पर्यटक बिहीबार नेपालगंज आएर होटल सिद्धार्थमा बसेका थिए।
कैलाश–मानसरोवर दर्शनका लागि हरेक साता माउन्टेन फ्लाइट गर्ने पथिल होलिडेज र ट्रिप टू टेम्पल्सको योजना हरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।