logo

प्रथम थ्रु हाइक, इन्डिया बोर्डरदेखि चाइना बोर्डरसम्मको नयाँ पदयात्रा मार्ग सार्वजनिक

तराई, पहाडी भूभाग हुँदै हिमाली क्षेत्रसम्मको रोमाञ्चक यात्रा गर्न पाइने

    657   पटक पढिएको

१६ माघ /अर्थ र व्यापार – पर्यटन व्यवसायी एवं अर्थवाउन्ड एक्सपिडिसन प्रालिका अध्यक्ष राजन सिंखडाले छिमेकी मुलुक भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने ‘नयाँ पदमार्ग पत्ता लगाएर सोमबार सार्वजनिक गरेका छन् ।
‘प्रथम थ्रु हाइक, इन्डिया बोर्डरदेखि चाइना बोर्डरसम्म’ नामाकरण गरिएको यस नयाँ पदयात्रा मार्गमा नेपालको होचो भाग तराई देखि पहाडका विभिन्न ऐतिहासिक भूभाग हुँदै उच्च हिमाली क्षेत्र रसुवाको चीन जोड्ने केरुङ नाकासम्मको भूभागलाई समेटिएको छ ।
आफ्नो ट्रेकिङ कम्पनी अर्थवाउन्ड एक्सपिडिसन प्रालि स्थापना भएको २५औं वर्षका अवसरमा पर्यटन व्यवसायी राजन सिंखडाको समूहले ६ देखि ८ पटकसम्म नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर र स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पासँगको सहकार्यमा सिंखडाले कपिलवस्तुको तौलिहवास्थित भारतको सिमानाका खुनुवा बोर्डरदेखि भगवान बुद्ध हिंडेको बाटो, रामपिथेकस पार्क, पाल्पाको तान्सेन, आर्यभन्याङ, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँको बन्दीपुर त्यसपछि गोर्खा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म जोड्ने कुल ४ सय ४० किमी पदयात्रामार्ग १७ दिन लगाएर पूरा गरेको हो । जम्मा ६० मिटर होचो नेपालको तराईका भूभागदेखि पहाडी क्षेत्रका धेरै जिल्लाका ऐतिहासिक एवं पर्यटकीय गन्तव्यस्थल हुँदै ३७ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रको रसुवा केरुङ नाका जोड्ने यो नयाँ पदयात्रा मार्ग अससिजनमा १२ महिना नै सञ्चालन गर्न सकिने एकदमै उपयुक्त रहेको जानकारी गराउँदै सिंखडाले भने, ‘आफूअनुकूल विभिन्न खण्डमा पदयात्रा गर्न सकिने यो पदयात्रा मार्गलाई व्यवसायिक रूपमा सञ्चालन गर्दा करिब २० दिनको हुनेछ ।’
प्राकृतिक मनोरम दृश्यले धेरै मनोरञ्जन दिलाएर पर्यटकलाई खुसी बनाउन सकिने अथाह सम्भावना भएको यस पदयात्रा मार्गमा कम खर्चमा भ्रमण गराउनका लागि विशेषगरी विभिन्न गाउँमा भएका होमस्टे र ससाना होटल तथा क्याम्प प्रयोग गर्न सकिने उनले बताए ।
आफूहरूले दुई वर्षको तयारी पनि सार्वजनिक गरेको यो नयाँ पदयात्रा मार्गको विविध पक्षबारे जानकारी गराउन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिंखडाले आफूले यो नयाँ रुट पत्ता लगाएर यसरी सार्वजनिक गराउँदासम्म भोगेका अनेक भोगाइबारे समेत बताएका थिए । उनले यो पदयात्रा मार्गमा आफूहरुले १७ दिनको अवधिमा होमस्टे र साना होटल मात्र उपयोग गरेको जानकारी गराए । उनले यो पदयात्रा मार्ग अससिजनमा नै सञ्चालन गर्न सकिने राम्रो सम्भावना भएको नयाँ पदयात्रा मार्ग भएको दाबी गरे । सिंखडाले यो पदयात्रा मार्गमा नेपालको ऐतिहासिक महत्वले भरिपूर्ण जितगढी क्षेत्रलगायत धेरै ऐतिहासिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आफूले यसरी नै पहिचाहन गरी सार्वजनिक गरेको बताए । यो नयाँ पदयात्रा मार्गको यात्रा निकै मनमोहक र रोमाञ्चक हुने भन्दै उनले अब यसलाई प्रवद्र्धन गर्न सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने वातावरण बनाइदिनुपर्ने अपेक्षा गरिएको बताए । यस नयाँ पदयात्रा मार्गले भारत र चीनबाट नेपाल भएर आवतजावत गर्ने विदेशी पर्यटकलाई नेपालको संस्कृति र पर्यटनबारे जानकारी गराउन यो पदमार्ग एकदमै उपयुक्त हुने दाबी गर्दै उनले २० दिनको ३५ सय डलरमा यो पदयात्रा मार्गकालाई व्यवसायिक रूपमा सञ्चालन गर्न सकिने बताए ।
सो कार्यक्रममा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्साल र अर्थवाउन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक केदार गजुरेलले पर्यटन व्यवसायी सिंखडाको नेतृत्वमा पहिचान भएको यो नयाँ पदयात्रा मार्ग नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ आयाम भएको बताएका थिए । उनीहरूले नेपालको पदयात्रा क्षेत्रमा नयाँ आयाम थपिदिएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।