logo

पहिलो पटक श्री एयरलाइन्सले सुरु गर्यो कैलाश पर्वत तथा मानसरोवर दर्शनकालागि पर्वतीय उडान

    736   पटक पढिएको


१५ माघ/अर्थ र व्यापार – श्री एयरलाइन्सले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको छ ।
सोमबार श्री एयरलाइन्सको सीआरजे ७०० नाइनएन एएमबी विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वततीय उडान गरिएको र विमानबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन सफलतापूर्वक सम्पन्न भएको श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

नेपाली भूभागबाट यसरी उडान गरिएको यो पहिलो पटक भएको श्री एयरलाइन्सले जनाएको छ । यस्तो उडानले नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत तथा धार्मिक पर्यटक आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धी हुन सक्ने विश्वास सो एयरलाइन्सको छ ।

श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप भारत, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्ज र पथिल होलिडेज काठमाडौंको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको सो एयरलाइन्सले जनाएको छ ।
यस उडानमा क्याप्टेनहरु प्रफुल्ल वैद्य र राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु एवं चालक दलका ५ जना सदस्य लिएर उडान गरिएको हो । ३५ जनाको विइन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिने सो एयरलाइन्सले जनाएको छ ।
नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपतिसमेत दर्शन गराउने योजना रहेको सो एयरलाइन्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।