logo

कैलाश हेलिकोप्टरले साढे ३ लाख कित्ता आईपीओ जारी गर्ने ,तीनवर्षमा पाँचवटा हेलिकोप्टर उडाउने लक्ष्य

    675   पटक पढिएको


४ माघ/अर्थ र व्यापार– निजी वायुसेवा कम्पनी कैलाश हेलिकोप्टर सर्भिसेस् लिमिटेडले ३ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रिमियम मूल्यमा जारी गर्ने भएको छ ।
हेलिकोप्टर सर्भिसेस् लिमिटेडले जारी पुँजी ३५ करोड रुपैयाँको १० प्रतिशत रकमको आईपीओ जारी गर्ने भएको छ । जसका लागि एकसय रुपैयाँ अंकित दरको ३ लाख ५० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नको मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कैलाश हेलिकोप्टरकोतर्फबाट प्रवन्ध सञ्चालक प्रतापजंग पाण्डे तथा मुक्तिनाथ क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
३ करोड ५० लाख शेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरले साढे ३ लाख कित्ता आइपीओ प्रचलित कानूनको अधिनमा रहेर सर्वसाधारणलाई प्रिमियम मुल्यमा जारी गर्ने तयारीमा बुधबार यो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सन् २०१८ को २३ मार्चबाट सेवा सञ्चालनमा आएको यस कम्पनीले एयरबस कम्पनीले निर्माण गरेको एएस–३५० सिरिजका ३ वटा हेलिकोप्टर उडान भर्दै आएको छ ।
व्यवसायीक उडान सञ्चालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोरोना विश्व माहामारीको समय आर्थिक वर्ष २०७६÷०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको सो कम्पनीले जनाएको छ ।

यस कम्पनीले आव २०७९/०८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र १० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ । सो बोनश शेयर पछि कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको बोनश वितरण पछि किताबी मुल्य १४६ रुपैयाँ २९ पैसा कायम भएको उल्लेख छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकोप्टर कम्पनीहरुले ५ वर्ष भित्र ५ वटा हेलिकोप्टर पु¥याउनुपर्ने व्यवस्था गरेको छ । प्राधिरकणको सोही व्यवस्थालाई अबलम्बन गरि कैलाशले पुँजी बृद्धिकालागि आइपीओ जारी गर्न लागेको जनाएको छ ।
कैलाशले हवाई उड्डययन सुरक्षा नीतिको पूर्ण पालना गरी सन् २०२५ मा एउटा र सन् २०२७ मा एउटा गरी थप २ वटा हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल ५ वटा हेलिकोप्टर सञ्चालनमा ल्याउने आफ्नो योजना समेत सार्वजनिक गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।