logo

पर्यटन प्रवद्र्धनकालागि सम्पदा गाउँ निर्माण गर्दैछौं : पर्यटनमन्त्री किराँती

    648   पटक पढिएको


३ माघ/ अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवद्र्धनकालागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरू गरेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
मन्त्री किराँतीले नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएको बताए । उनले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताए ।

‘हामीले कार्यक्रममै नभएको आज भन्दा ३५ सय वर्षअघिका बस्तीहरु कस्ता थिए ? त्यो सबैभन्दा पुरानो बस्ती लुम्बिनीमा थियो भन्नेकुरा प्रमाणित भइसकेको छ । हामीले सम्पदा गाउँ निर्माणका कुरा अघि बढाएका छौँ । पुरानो गाउँ खोजी, नयाँ पर्यटन गन्तव्य होस् भनेर ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएका छौं ’उनले भने ।
उनले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गरे । उनले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए ।
‘सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउने भनेर कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेका छौँ । पर्यटन दशकलाई अझ तिब्र बनउनको निम्ति कार्यान्वयन गर्न कार्यक्रम तयारी गर्दैछौँ । त्यसपछि हामी उच्चस्तरीय काममा लाग्नेछौँ ’ उनले भने ।
उनले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताए । ‘नीतिको कुरा छँदैछ । पर्यटन ऐन, हाम्रो संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुछ । त्यो भन्दा ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब हामी १ वर्षदेखि उताको काम उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्दैछौँ ’ उनले भने ।
उनले मुलुकको पर्यटन क्षेत्रमा ठुलो फड्को मार्न सक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रम सहित अब मन्त्रालय अघि बढ्ने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।