logo

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ:राष्ट्रपति पौडेल

    660   पटक पढिएको


३ माघ/ अर्थ र व्यापार – राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन । उनले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिए ।
होटल संघ नेपाल (हान) ले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस– २०८०’ को विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका हुन ।
उनले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । ‘होटल आफैँले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका फार्मसँग सम्झौता गरी कृषिउपजलाई सिधै होटलका प्लेटमा पु¥याउने कार्यक्रम सञ्चालन गर्नुस् ’ उनले भने ।
राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए । उनले सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीको यसमा विशेष ध्यान जाने आफुले अपेक्षा गरेको बताए ।
राष्ट्रपति पौडेलले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका काम भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारे । उनले पर्यटनलाई आयआर्जन र समृद्धिको आधार बनाउनुपर्नेमा सबैले जोड दिदिनुर्पे बताए ।
नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिँद्यै उनले यस वर्ष दशलाख भन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने आशा जागेको बताए ।
राष्ट्रपति पौडेलले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न सकिनेमा विश्वास व्यक्त गरे । उनले पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातित ढङ्गले बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकलमार्ग, निःशुल्क इन्टरनेटलगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उल्लेख गरे ।
पर्यटन उद्योगको आधारस्तम्भको रुपमा रहेको होटल क्षेत्रलाई प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा उनी उनले जोड दिए ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको वार्षिक बजेट सरहको लगानी भएको होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगसरह मान्यता दिन सरकारसमक्ष माग गरे । ‘एक जना पर्यटक आउँदा ९ जनाले रोजगारी पाउँछन् । एक तथ्यांक अनुसार मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ८ प्रतिशत योगदान छ । विदेशी मुद्राको प्रमुख आयस्रोतमध्येको एक होटल तथा पर्यटनलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिनुपर्छ’ संघका अध्यक्ष शाहले भने ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा हवाईमार्ग भएर १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सरकारले आगामी वर्ष विदेशी पर्यटकको संख्या दोब्बर पु¥याउने घोषणा गरेको छ । सरकारको एकवर्षे कार्यकालको अवसरमा १० पुसमा देशवासीका नाममा सम्बोधन गर्दै आगामी वर्ष पर्यटकको संख्या दोब्बर बनाइने बताएका थिए ।
उनले नेपालमा हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने क्षमतामा होटलहरु रहेको जानकारी गराए । संघका अनुसार हाल पाँचतारे, पर्यटकस्तरका होटल, लज र सिसोर्ट गरी १० हजारभन्दा बढी सञ्चालनमा छन् । संघका महासचिव साजन शाक्यले नेपाललाई कृषि प्रधानबाट पर्यटन प्रधान देशका रुपमा पहिचान स्थापिन गराउनुपर्नेमा जोड दिए ।
उनले भने ‘ अब नेपाललाई पर्यटन प्रधान देस भनेर विश्वभर चिनाउनुपर्छ । ’ जसकालागि नेपालमा प्रयाप्त संभावना भएकाले अब देसको पर्यटनको अनेक संभावनालाई उचित सदुपयोग गरि आर्थिक लाभ लिनसक्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा संघले होटल क्षेत्रमा योगदान गर्ने संघका पूर्वअध्यक्षहरु श्यामबहादुर पाण्डे, योगेन्द्र शाक्य, नरेन्द्र ताम्राकार, प्रकाश श्रेष्ठ, प्रशिद्धबहादुर पाण्डे र सिर्जना राणालाई सम्मान गरेको थियो । राष्ट्रपति पौडेल सम्मानित हुनै संघका पूर्वअध्यक्षहरुलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेका थिए ।

सोही अवसरमा राष्ट्रपति पौडेलले संघले प्रकाशन गरेको ‘इयर बुक २०२४’ विमोचन गर्नुकासाथै ‘सत्कार दिवस २०८०’ अनावरण तथा ‘नेपाली हेरिटेज फुड वेस्ट’ र ई–लर्निङ भिडियो पनि सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।