logo

निगमको विमान बिग्रिएपछि अलपत्र परेका २७६ यात्रुलाई आज साँझ दोहा पठाइँदै

    655   पटक पढिएको



२ माघ/अर्थ र व्यापार – नेपाल वायुसेवा निगमको वाइड बडी विमान बिग्रिएपछि अलपत्र परेका यात्रुका लागि निगमले मंगलबार साँझ उडान भर्ने भएको छ।
सोमबार राति काठमाडौं–दोहा उडान रद्द भएपछि अलपत्र परेका २७६ यात्रुलाई मंगलबार साँझ ७ः३० बजेको उडानमा पठाउने तयारी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
‘सोमबार हाम्रो विमानमा प्राविधिक समस्या आएर यतै रहनुभएका यात्रुलाई आज साँझ ७ः३० बजे दोहा पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘प्राविधिक समस्या आएको वाइडबडी विमान अहिले मर्मत भइरहेको छ।’

उनका अनुसार सोही विमानले दोहामा अलपत्र परेका २५४ यात्रुलाई काठमाडौं ल्याउनेछ। सोमबार राती उडान भर्ने समयमा विमानको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि काठमाडौं र दोहामा गरि ५३० यात्रु विमानस्थलमा अलपत्र परेका थिए । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग ४ वटा विमान रहेकामा २ वटा ग्राउण्डेड हुँदा नियमित उडान प्रभावित भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।