logo

पर्यटन विकासकालागि केन्द्रदेखि स्थानीयतहसम्मका सबै सरकारी निकाय एउटै लयमा हिंड्नुपर्छ:पूर्वपर्यटनमन्त्री श्रेष्ठ

    701   पटक पढिएको


२७ पुस/अर्थ र व्यापार – पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकासकालागि केन्द्रदेखि स्थानीयतहसम्मका सबै सरकारी निकाय एउटै लयमा हिंड्नुपर्ने बताएका छन । उनले यसकालागि पर्यटन क्षेत्रको पुराना नीतिलाई संसोधन गर्दै अहिले आवस्यक ऐन बनाउँदै जानुपर्नेमा वर्तमान सरकारले पर्यटनमैत्री लय समाउन नसकेको बताए ।
केन्द्रिय पर्यटन विभाग नेकपा एकीकृत समाजवादी पार्टीले शुक्रबार राजधानीमा आयोजना गरेको ‘सवल पर्यटन उद्योग, समृद्ध नेपाल’समाजवादी अर्थ व्यवस्था पर्यटन उद्योग संवाद कार्यक्रममा पूर्व पर्यटनमन्त्री श्रेष्ठले यस्तो बताएका हुन । आफु पर्यटनमन्त्री हुँदा गरेका विविध पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै उनले आफ्नो कार्यकालमा थालनी गरिएका केही पर्यटन क्षेत्रको संरचनागत सुधारका कार्य अहिलेसम्म अपेक्षाकृत रुपमा अघि नबढेकोमा गम्भिर चिन्ता व्यक्त गरे ।

उनले पर्यटनको नीति संघियतामा जाँदा थप समस्या जेलिएको बताए । उनले यस्तो समस्या समाधानकालागि समयअनुकुलको संरचनागत विकास आवस्यक भएको बताए ।
समानबादी पार्टीका उपमहासचिव तथा अर्थ विभाग प्रमुख डा. विजय पौडेलले आर्थिक विकासको मुख्य आधार पर्यटन क्षेत्रको विकासकालागि देसका सबै योजना रोजगारी बढ्ने खालको हुनुपर्ने धारणा राखे । उनले रोजगारी मुखी पर्यटन विकास भएमा मात्र यहाँका युवा जनशक्ति नबाहिरिने बताए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले अझै नेपालले अपेक्षाकृत रुपमा हिमालको प्रवद्र्धनात्मक एवं व्यवस्थापनको काम गर्न नसकेकाले पर्यटनको उचित लाभ लिन नसकिएको बताए । अहिलेसम्म साना ठुलागरि जम्मा ४०५ वटा हिमालको आरोहण खुल्नु सरकारको नीतिगत कमजोरी भएको बताउँदै शेर्पाले भने, ‘ सरकारले जतिसके धेरै हिमालको आरोहण खोल्नुपर्छ ।’ हिमाली क्षेत्रको प्रवद्र्धन र विकास बिना पर्यटनबाट लाभ लिन नसकिने भन्दै उनले यसमा सरकार गम्भिर हुनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले मुलुकको पर्यटन क्षेत्रको विकासकालागि अहिलेसम्म भएका विविध गतिविधीहरुका जानकारी गराएका थिए ।
सो कार्यक्रममा पर्यटन क्षेत्रसित सम्बन्धीत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।