logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप ४ ‘एक्सरे मेसिन’ जडान

    634   पटक पढिएको


१९ पुस/अर्थ र व्यापार – काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपास क्षेत्रमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा बिहीबारदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको जानकारी दिए ।
पहिले दुईवटा मात्रै एक्सरे मेसिन रहेकामा बिहीबारदेखि चारवटा एक्सरे मेसिन थपिएको जानकारी गराउँदै उनले भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुने दावी गरे ।

उनले हाल नेपाल होटल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम) कलेजसँग सम्झौता गरेर १५ विद्यार्थीलाई विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा तीन ‘सिफ्ट’मा गरी काममा खटाइएको बताए । पाण्डेका अनुसार यसले गर्दा यात्रु तथा विदेशी पर्यटकलाई सेवा प्रवाहमा थप सहज हुने देखिएको छ ।
यसैगरी, विमानस्थल भन्सार कार्यालयले वृद्धवृद्धा अशक्त तथा गर्भवतीका लागि बस्ने व्यवस्थासमेत मिलाएको र भन्सार एरियालाई थप सौन्दर्यकरण गरिएको जनाएको छ ।
विगतमा जाँचपास गर्न आधा घण्टा लाग्ने गरेकामा अब यि चारवटा नयाँ मेसिन जडान भएपछि जम्मा १० मिनेटमा सकिने विमानस्थल कार्यालयले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।