logo

‘एयरबस ३२०’ को पहिलो नेपाली परीक्षक पाइलट बने दीपु ज्वारचन

    745   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमका पाइलट दीपु ज्वारचनले ‘एयरबस ३२०’ को परीक्षक पाइलट (डेजिगनेटेड चेक पाइलट) को लाइसेन्स पाएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार ज्वारचनलाई परीक्षक पाइलटको लाइसेन्स दिएको हो । प्राधिकरणले प्रदान गरेको यो लाइसेन्ससँगै निगमका चालक ज्वारचन परीक्षक पाइलटको लाइसेन्स पाउने पहिलो नेपाली पाइलट बनेका हुन्।
यसअघि नेपालमा एयरबसका लागि विदेशी पाइलटले नै विमान उडाउने पाइलटहरूको परीक्षा लिनुपर्ने अवस्था थियो । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ज्वारचनले एयरबस ३२० विमान उडानका लागि पाइलट तथा को–पाइलटको तालिम तथा परीक्षा लिन पाउने छन्।
‘इयूको पछिल्लो अडिटले नेपालमै डिसीपी गर्नुपर्छ भन्ने सिफारिस गरेको थियो’ प्राधिकरणका सूचना अधिकारी भुलले भने, ‘सोही अनुरूप यसपटक प्राधिकरणले वायुसेवा निगमका पाइलट ज्वारचनलाई प्रशिक्षक पाइलटको योग्यपत्र दिएको हो।’ चालक ज्वारचन हाल निगममा सिनियर प्रशिक्षक पाइलट हुन्। ज्वारचनले सन् २००७ देखि नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानमा सञ्चालित विमान उडाइरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।