logo

प्रभावकारी बजारिकरणबाट लाभ दिन सकिन्छ: पर्यटन सचिव काफ्ले

    707   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.दिपक काफ्लेले प्रभावकारी बजारिकरणबाट प्रसस्त लाभ दिन सकिने बताएका छन ।
नेपाल पर्यटन बोर्डले बुधबार नवनियुक्त सचिव एवं बोर्ड अध्यक्षलाई गरेको स्वागत कार्यक्रममा पर्यटन सचिव काफ्लेले यस्तो बताएका हुन ।
उनले नेपाल गौतमबुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथा जस्ता विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य भएको मुलुक भएको उल्लेख गर्दै प्रभावकारि रुपमा नेपालको बजारिकरण गर्न सके यसबाट प्रशस्त लाभ दिन सकिने बताए ।
उनले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निणर्य गर्न तथा कर्मचारीको वृत्ति विकासका लागि आफु सधै सकारात्मक रहेको बताउँदै पर्यटन प्रर्वद्धनका लागि नयाँ सोचकासाथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

यसअघि कोशी प्रदेश सचिवका रुपमा रहेका काफ्ले केहीदिन अघिमात्र पर्यटन मन्त्रालयमा सरुवा भएर आएका थिए । उनको स्वागतमा बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले काफ्लेलाई स्वागत गरेका थिए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किदै गएको जानकारी दिँदै पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सुधार एवं सहजिकरणमा सरोकारवालासँग सहकार्य आवश्यक भएको बताए ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डको ऐन, नियम तथा पर्यटनका चुनौती र सम्भावनाका विषयमा थिए भने बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटनलाई चलायमान बनाउन बोर्डले गरिरहेका कार्यबारे जानकारी गराएका थिए ।
यसैगरी, बोर्ड जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले गरेका कामहरु र भावी योजनाबारे तथा कर्मचारीको प्रतिनिधित्व गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले कर्मचारीका हकहित समस्या तथा समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।