logo

चार्टर्ड उडानमार्फत काठमाडौंलाई थाइल्याण्डको फुकेटसँग जोड्दै रुप्से होलिडेज

    751   पटक पढिएको


६ पुस/अर्थ र व्यापार – रुप्से होलिडेजले काठमाडौंलाई थाइल्याण्डको पर्यटकीय गन्तव्य फुकेटसँग चार्टर्ड उडानमार्फत जोड्ने भएको छ । विश्वका विभिन्न पर्यटकीय केन्द्रलाई नेपालसँग चार्टर्ड उडान मार्फत जोड्ने रणनीति लिएको रुप्सेले काठमाडौंलाई फुकेटसँग जोड्न अग्रसरता देखाएको हो।
यो नेपाली पर्यटनको इतिहासमै पहिलो पटक हुन गइरहेको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए । काठमाडौंबाट ननस्टप उडान भरेर फुकेट अवतरण गर्ने उनले बताए ।
‘यहाँबाट नेपाली पर्यटकलाई सोझै फुकेट पु¥याउँछौं अनि फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने छौं। थाइल्याण्डको समुद्री तटमा रमाइरहेका पर्यटकलाई सोझै हिमाली देश नेपालमा ल्याइनेछ।’ उनले भने ।
एसियाको पर्यटकीय केन्द्रको रुपमा रहेको फुकेटमा बर्सेनि करोडौं पर्यटक आउने गरेको भन्दै उनले त्यसको एक प्रतिशत भन्दा कम पर्यटकलाई मात्र पनि नेपाल ल्याउन सके ठूलो उपलब्धि हुने बताए।
रुप्से होलिडेजले पर्यटकलाई सोझो र सुविधाजनक उडानका साथमा सस्तो भाडादर प्रदान गर्ने बताएको छ । ३५ हजार रुपैयाँ एकतर्फी भाडादर तोकेर गरिने सो उडानमा हिमालय एयरलाइन्सको एयरबस ए ३२० प्रयोग गरिने सो कम्पनीले जनाएको छ ।
सन् २०२४ को जनवरी २१ मा गरिने यो पहिलो उडानबाट काठमाडौंलाई विश्वकै सर्वाधिक रुचाइएको पर्यटकीय गन्तव्य फुकेटसँग ३ घण्टा १० मिनेटको उडानमार्फत जोडिने रुप्से होलिडेजले जनाएको छ ।
रुप्से होलिडेजले यसअघि भियतनाम र काठमाडौंबीच सफलता पूर्वक ३ चार्टर्ड उडान गरिसकेको छ । रुप्सेले ३ उडान मार्फत भियतनामी पर्यटकलाई नेपाल समेत ल्याएको थियो। रुप्सेले विश्वका विभिन्न पर्यटकीय केन्द्रलाई नेपालसँग चार्टर्ड उडानमार्फत जोड्ने रणनीति लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।