logo

थप हिमाल आरोहण अनुमति दिन आवस्यक : राष्ट्रपति पौडेल

    843   पटक पढिएको

१६ कात्तिक/अर्थ र व्यापार – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका अनगिन्ती हिमालमध्ये आरोहणकालागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवद्र्धन गर्न तत्काल पहल लिन आवस्यक भएको बताएका छन । बुधबार काठमाडौमा सम्पन्न नेपाल पर्वतारोहण संघको ५० औं स्थापना दिवसमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन ।
उनले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने धारणा व्यक्त गरे । यसैगरी, राष्ट्रपति पौडेलले मुलुकभरका हिमालहरूको व्यवस्थापन र प्रवद्र्धनका लागि नेपाल पर्वतारोहण संघले महिलेसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यो संघ सरकारसँग राम्रो साझेदार हुन सक्ने बताए ।
उनले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्दै आएकोमा प्रशंसा व्यक्त गरे ।
उनले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए ।
नेपालमा अनगिन्ती हिमाल छन्, जुन औपचारिक रुपमा आरोहणका लागि खुला गरिएको छैन । ती हिमाल आरोहणको अनुमति दिन र प्रवद्र्धन गर्न तत्काल पहल लिन जरुरी रहेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘म नेपाल सरकारलाई ती हिमालको व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन पनि सुझाव दिन चाँहन्छु ।’जसकालागि नेपाल पर्वतारोहण संघ साझेदार हुन सक्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।
नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले नेपालमा परेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिवद्धता जाहेर गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक भएको बताए ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विश्वको सर्बोच्च शिखर सगरमाथा लगायत विभिन्न सेतो हिमालको कथा सेतो मात्र नभएर यि हिमालहरुमा हाम्रा महान पूर्खा आरोही एवं शेर्पाहरुको रातो रगतले पनि लेखिएको बताए । उनले अगामी दिनमा यि सबै हिमालको वातावरण जिवन्त जोगाएर राख्नु नेपाल पर्वतारोहण संघ, अन्य विभिन्न संस्थाहरु ,सरकार र सम्बन्धीत सबै सरोकारवालाहरुको जिम्मेवारी भएकाले एकदम इमान्दारीकासाथ संरक्षण तथा प्रवद्र्धनको काम गर्न आग्रह गरे ।

विदेशी पाहुँनाकालागि यहाँ विमानको भाडा अत्यधिक महंगो भएकोमा चिन्ता व्यक्त गर्दै उनले यसप्रति सरकार गम्भिर भएको बताए । चर्को हवाई भाडाले नेपाल भित्रिने पर्यटक आगमन संख्यामा प्रभाव गर्ने बताए । यसैगरी, मन्त्री किराँतीले हिमाली क्षेत्रको फोहोर व्यवस्थापनमा सबैले जोड दिनुपर्ने भन्दै पर्यटकमाझ अझै गुनासोको रुपमा रहेको फेक रेस्क्युका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको नकारात्मक प्रभाव पारेकाले यस्तो कार्यमा सरकार निकै गम्भिर भएको बताए ।
पर्वतारोहण संघका अध्यक्ष निमानिरु शेर्पाले यस संघबाट अहिलेसम्म भएका विभिन्न गतिविधीहरुका बारेमा जानकारी गराउँदै पर्वतारोहणको क्षेत्रमा भएका विविध समस्या समाधान गरिदिन सरकारको ध्यानाकर्षण गराएका थिए । यसैगरी संघका महासचिव मोहन लम्सालले संघको ५० औं स्वर्ण जयन्ती एवं स्थापना दिवसमा आयोजित विशेष समारोहमा सहभागी सवैलाई संघको तर्फबाट धन्यावाद व्यक्त गरेका थिए ।
अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (युआइएए) का अध्यक्ष पिटर मुइर, एसियाली पर्वतारोहण महासंघ (युएएए)का अध्यक्ष डा.इनज्युङ ली ले आ–आफ्ना धारणा राखेका थिए ।
सोही कार्यक्रममा संघले प्रकाशन गरेको नेपाल पर्वत बुलेटिन विमोचन गर्नुका साथै आठ हजार मिटर भन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालको सफलतापूर्वक आरोहण गरी विश्व रेकर्ड कायम गर्न सफल महिला आरोही पासाङ ल्हामु शेर्पा अकितालाई ‘पासाङ ल्हामु साहसिक पर्वतारोहण अवार्ड’ प्रदान गरेको थियो ।
यसैगरी, ‘एशियाली पर्वतारोहण महासंघ शेर्पा अफ दी इयर २०२३’ अवार्ड पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) दावा याङ्जुम शेर्पालाई प्रदान गरियो । दावा याङ्जुम शेर्पाले आठ हजार मिटर भन्दा माथिका विश्वका १४ मध्ये १३ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरेकी छिन् ।
कुमार खड्ग विक्रम शाह याड्भेन्चरस अवार्ड विश्व कीर्तिमानी पर्वतारोही तथा सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पालाई प्रदान गरियो भने डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कार निमा रिन्जी शेर्पालाई प्रदान गरिएको थियो ।
संघले आफ्नो ५०औं स्थापना दिवस एवं स्वर्णजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा राजधानी दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ । साढेदुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पाण्डेलाई विशेषगरी पर्यटन विद्यामा कलम चलाएर सञ्चारकर्मको माध्यमबाट मुलुकको पर्वतीय पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उत्कृष्ट योगदानको मूल्यांकनस्वरूप संघले ‘स्वर्गीय दावा नोर्बु पर्वतारोहण पत्रकारिता अवार्ड’ प्रदान गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई सो अवार्ड प्रदान गरेका हुन् । संघले पुरस्कार छनोट समितिले गरेको निणर्यअनुसार बुधबार सो अवार्ड प्रदान गरिएको जनाएको छ ।

सोही समारोहमा संघले गत २० असोजमा शिशापाङ्मा हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका विश्व कीर्तिमानी पर्वतारोही तेन्जेन (लामा) शेर्पाको परिवारलाई नगद पाँच लाख रुपैयाँ प्रदान गरेको थियो । शिशापाङ्मा हिमालमा बेपत्ता कीर्तिमानी पर्वतारोही शेर्पासहित दुई जना अझै भेटिएका छैनन् । सोही समारोहमा संघले पर्यटन विकासमा सक्रिय टान, हान, नाट्टा,एचआए, नारा र इओएका अध्यक्षहरु तथा संघका पूर्व अध्यक्षहरु लगायतलाई सम्मान गरेको थियो ।

यसैगरी, संघले सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाली सेना, नेपाल प्रहरी र डब्लुडब्लुएफका प्रमुख र विभिन्न कीतिमानी आरोहीहरुलाई पनि सम्मान गरेको थियो । सो कार्यक्रममा एसियाली पर्वतारोहण महासंघका महासचिव तथा अन्य प्रतिनिधीहरु सहभागी भएका थिए । बुधबार बिहान संघको सचिवालयमा झण्डोतोलन गरि झाँकी सहितको ¥याली गर्दै सम्पन्न भएको विशेष समारोहमा एसिया महादेसका १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।