logo

पर्वतारोहण संघद्धारा ५० वर्ष पुरानो पर्यटन ऐन संसोधन गर्न माग

    714   पटक पढिएको


१३ कात्तिक/अर्थ र व्यापार – नेपाल पर्वतारोहण संघ (एनएमए)ले मुलुकको पर्वतीय पर्यटन विकासकालागि ५० वर्ष पुरानो पर्यटन ऐन संसोधन गर्न माग गरेको छ ।
नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील एकमात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको संघले आगामी १५ कात्तिक १ नोभेम्वरको दिन मनाउन लागेको स्वर्णवर्ष महोत्सव एवं ५० औं स्थापना दिवसको अवसरमा आयोजना गरिने विविध कार्यक्रमको बारेमा जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष निमानिरु शेर्पा, बरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र महासचिव मोहन लम्साले यस्तो माग गरेका हुन ।
संसारको छानो सगरमाथाको देस भनेर चिनिएको नेपालमा अहिलेसम्म सरकारले आरोहणकालागि खुला गरेका हिमालहरु अप्रयाप्त भएको भन्दै उनीहरुले थप हिमाल आरोहण अनुमति खुलाउँने वातावरण बनाउन र व्यवस्थापन गर्नकालागि ५० वर्ष पुरानो पर्यटन ऐन संसोधन गर्न सरकारसँग माग गरेका हुन । उनीहरुले संघको ५०औं स्थापना दिवसको अवसरमा आफुहरुले यो मागलाई विशेष एजेन्डाको रुपमा अघि सारेको बताएका छन ।
संघका अध्यक्ष निमानिरु शेर्पाले यस्तो माग सँगै संघको पहलमा २७ वटा पिक नविकरणको प्रक्रिया अघिबढिसकेको जानकारी गराए । नेपालमा रहेका साना ठुला गरि करिब १९ सय पिक मध्य जम्मा ४१९ वटा पिक मात्र खुल्ला गरिएको भन्दै उनले अब आरोहण अनुमती पाउन बाँकी पिक आरोहणकालागि प्रचार प्रसार गर्न संघले सरकारलाई आग्रह गरेको बताए । उनले सरकारबाट प्रचार प्रसार हुन नसकेका पिकहरुको प्रचार एवं प्रवद्र्धन संघको तर्फबाट हुने दावी गरे ।
संघका बरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले मुलुकको पर्वतीय पर्यटनलाई साहसिक खेल पर्यटनको रुपमा विकास गरि धेरैभन्दा धेरै पर्यटक भित्राउने आफुहरुले यस संघको तर्फबाट ५० वर्ष पुरानो पर्यटन ऐन संसोधन गर्न जोडदार माग गरेको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान र गौरब भएको भन्दै उनले सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर परिचित बनाउने भएकाले अब थप हिमाल आरोहण खुल्ला गर्न आफुहरुले यस्तो माग गरेको बताए ।
मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न सगरमाथा लगायत विभिन्न हिमाल तथा पिकको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले संघले विविध कार्यक्रमकासाथ मानाउँदै गरेको आफ्नो ५० औं स्थापना दिवसको अवसरमा यो प्रमुख एजेन्डा हुने जानकारी गराए ।
संघका महासचिव मोहन लम्सालले ५० औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको स्वर्णवर्ष महोत्सवमा संसारभरका विश्वविख्यात आरोहीहरुको सहभागिता रहने र देसको पर्वतीय पर्यटन विकासबारे व्यापक छलफल हुने जानकारी दिए ।
उनले सोही दिवसकै अवसरमा आगामी १४ कात्तिकमा काठमाडौको मेरिएट होटलमा एशिया महादेशमा रहेका अल्पाइन क्लबहरुको छाता संस्था एशियाली पर्वतारोहण महासंघ (युएएए) को साधारणसभा हुने र सो साधारण सभाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव भरतमणी सुवेदीले गर्ने कार्यक्रम तय भएको बताए । उनले नेपालको पर्वतीय पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले आयोजना हुने साधारणसभामा एसिया महादेसका १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिको सहभागिता रहने बताए ।
यसैगरी, आगामी १५ कात्तिकमा काठमाडौमा हुने संघको ५० औं स्थापना दिवसको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने जानकारी गराउँदै महासचिव लम्सालले भने, ‘ यस समारोहमा नेपाल सरकारका मन्त्री तथा विशिष्ट अधिकारीसहित विश्व पर्वतारोहण महासंघका अध्यक्ष, एशियाली पर्वतारोहण महासंघका अध्यक्ष, विभिन्न अल्पाइन क्लबका प्रतिनिधि, विश्व विख्यात आरोहीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने छ ।’
उनका अनुसार सोही दिवसका अवरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ८० भन्दा बढी मुलुकमा सञ्जाल भएको विश्व पर्वतारोहण संघका अध्यक्षलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ । संसारभरका चर्चित आरोहीको नेपाल आगमन र विभिन्न गन्तव्यको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको महासचिव लम्सालले बताए । उनले यो कार्यक्रम देसको पर्वतारोहण क्षेत्रको प्रवद्र्धनकालागि निकै उपयोगी र फलदायी हुने दावी गरे ।
एशियाली अल्पाइन क्लबका अध्यक्ष र प्रतिनिधि तथा एशियाली महासंघका पदाधिकारीको नेपाल आगमन आफैमा नेपालको पर्यटनकालागि महत्वपूर्ण भएको भन्दै उनले यस कार्यक्रममा संसारभरका विश्व विख्यात आरोही पनि आउने भएकाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको प्रवद्र्धनमा थप मद्दत पुग्ने अपेक्षा गरिएको बताए ।
उनले एशियाली पर्वतारोहण महासंघको साधारण सभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने समेत जानकारी गराए । हिमाल संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे पनि सो कार्यक्रममा छलफल हुने संघले जनाएको छ । आगामी बुधबार बिहान संघको सचिवालयदेखि आर्मी अफिसर क्लब भद्रकालीसम्म आयोजना गरिने ¥यालीसहितको सोही विशेष समारोहमा संघले हरेक वर्ष प्रदान गर्दै आइरहेको कुमार खड्ग विक्रम शाह प्रतिभा पुरस्कार, दावानर्बु शेर्पा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार र डा. हर्क गुरुङ पर्वतीय पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
यसैगरी, संघले यसैवर्षदेखि स्थापना गरेको पासाङल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार आठहजार मिटरभन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल महिला आरोही पासाङल्हामु शेर्पा ‘अकिता’ लाई प्रदान गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
सोही दिवसका अवसरमा जलवायु परिवर्तनले पार्ने अवसरबारे विश्वलाई सन्देश दिने उद्देश्यले सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको सो संघले जनाएको छ । सगरमाथामा सबैभन्दा छिटो आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने काजी शेर्पाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थर पु¥याउनुका साथै नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको संघले जनाएको छ ।
संघका अनुसार सन् २००९ को डिसेम्बर ४ मा मन्त्रिपरिषद्को बैठक आयोजना गरिएको स्थान सगरमाथा आधारशिविर नजिकै रहेको कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको हो । विश्वमा जलवायु परिवर्तनको सन्देश दिने उद्देश्यले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय झण्डा फहराउन लागेको संघले जनाएको छ । संघले आफ्नो ५० औं स्थापना दिवसका अवसरमा पासाङ ल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार स्थापना गरी हेरक वर्ष साहसीक महिलालाई प्रदान गरिने निणर्य गरेको हो ।
विश्वको सर्बोच्च शिखर सगरमाथाको आधारशिविरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदा पर्वतारोहीहरु सगरमाथा चढ्दा नेपालमा नै रहेको अनुभुति दिन सकिने संघको दावी छ । सगरमाथा हिमालको अगाडि नेपालको राष्ट्रिय झण्डा राख्दा नेपाल हिमालको लागि प्रसिद्ध हो भन्ने सन्देश जाने सो संघले जनाएको छ । सो समारोह भन्दा पहिले बुधबार बिहान संघको सचिवालयमा झण्डोतोलन कार्यक्रम हुने संघले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।