logo

बल्ल पारित भयो पर्यटन बोर्डको २ अर्ब १ करोड २३ लाखको बजेट

    707   पटक पढिएको


१० असोज/अर्थ र व्यापार – तीन महिना लामो प्रयासपछि बल्ल नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । गत शनिबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षकालागि अनुमानित कुल २ अर्ब १ करोड २३ लाख ४५ हजार रुपैयाँको बजेट पारित गरेको हो ।
बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले निकै सकसकासाथ बोर्डको नयाँ बजेट पारित भएको जानकारी गराएका हुन । लामो समयको प्रयासपछि सञ्चालक समितिबाट पारित भएको यस नयाँ बजेटलाई पर्यटन बोर्डले अझै औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड र पर्यटनसित सरोकारवाला निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरुको अनेक स्वार्थ र बिवादकाबिच धेरै समय लगाएर पारित भएको बोर्डको यस चालु आवको बजेटले मुलुकको पर्यटन प्रवद्र्धनकालागि खासै नयाँ योजना तथा पूर्वाधार विकासका कार्यक्रमहरु अघि सारेको छैन ।
बोर्डको बजेट आफू अनुकूल कर्मचारी र मन्त्रालयको स्वार्थ निर्दिष्ट खालको देखिएको बोर्ड भित्रैका अधिकारीहरुको भनाई छ । सोही कारण नेपाल पर्यटन बोर्डले सञ्चालक समितिबाट पारित नयाँ बजेट अहिलेसम्म सार्वजनिक गर्न नचाहेको सम्बन्धीत सरोकारवाला एवं बोर्ड भित्रैका कर्मचारीहरुले बताएका छन ।
पर्यटन बोर्डले यसपटक छापामार शैलीमा बजेट पारित गरेको उनीहरुको आरोप छ । उनीहरुका अनुसार इतिहासमै कमजोर र जथाभावी खर्च गर्न उद्धत बजेट पारित गरेको बोर्डले यसपाली पर्यटन प्रवद्र्धनका लागि आवस्यक पूर्वाधार विकासमा कुनै नयाँ योजना ल्याएको छैन ।
मेला–महोत्सवमा केन्द्रित बोर्डको यो बजेट पर्यटकीय पूर्वाधार विस्तारमा खासै उपलब्धीमुलक छैन । यसैगरी, पर्यटन प्रवद्र्धन, प्रचार–प्रसार, जनसम्पर्क तथा अध्ययन अनुसन्धानका नाममा चालु आवकालागि विनियोजित बजेटको ठूलो हिस्सा छुट्याइए पनि पर्यटन पूर्वाधार विकासमा खासै चासो नदिइएको उनीहरुको आरोप छ ।
यसपाली बोर्डको औचित्य, आफ्नै लक्ष्य, उद्देश्यलाई सार्थक बनाउनेगरी बजेट आउन सकेन । चर्को माग र बिबादलाई सम्बोधन गर्नेगरी पुरानै बजेटका कार्यक्रमको निरन्तरता अंकमा शुन्य झिक्ने र थप्ने काम बाहेक खासै नयाँ कार्यक्रम यो बजेटमा नभएको उनीहरुको भनाई छ । केही विवादित कार्यक्रमहरुको बजेट घटाइए पनि थप नयाँ सम्भावित बिबादित कार्यक्रमहरु नै समावेश गरिएको सम्बन्धीत सरोकारवालाहरुको गुनासो छ । उनीहरुले यो नयाँ बजेटलाई ‘ मेला,महोत्सव र वैदेशिक भ्रमणमा केन्द्रित’ बजेट भनेका छन ।
बोर्ड सञ्चालक समितिद्धारा पारित बजेट विगतका वर्षहरुमा जस्तै आफु अनुकुलका वैदेशिक भ्रमण र प्रचार–प्रसारमा छुट्याइने भन्दै तिब्र बिवाद हुने गरेकोमा यसवर्ष पनि सञ्चालक समितिका सदस्यहरु र बोर्डभित्रका प्रमुख कार्यकारी अधिकृत (सिईओ) लगायत कर्मचारीबिचको बिबादले निरन्तरता पाउने खालकै आएको उनीहरुको भनाई छ । नेपालको पर्यटन बजार युरोप, अमेरिका कि चीन, भारत लगायत दक्षिण एशिया भन्ने ? बिवाद यस पटकको बोर्ड सञ्चालक समितिबाट पारित भएको यो बजेटमा पनि देखिएको बोर्डका उपाध्यक्ष रिजालले बताए ।
नयाँ बजेटले पर्यटन प्रवद्र्धनका कार्यक्रम प्रचार प्रसार, जनसम्पर्क तथा बजार विस्तारका साथै अध्ययन अनुसन्धानका कार्यक्रमका लागि नै पहिलो प्राथमिकता दिएको जानकारी गराउँदै उपाध्यक्ष रिजालले भने, ‘प्राथमिकता एशियन मुलुक (दक्षिण एशियाली मुलुकहरु) लाई नै दिएको छ । छिमेकी मुलुक भारत, चीनसँगै बंगलादेश, भुटान, श्रीलंकालाई नै नेपालको मुख्य पर्यटन बजारको रुपमा लिएर प्रचार–प्रसार गरिनुपर्छ भन्ने मान्यता यो बजेट मार्फत स्थापित गरिएको छ ।’
उपाध्यक्ष रिजालले युरोप, अमेरिका भन्दा पनि हाम्रा लागि धेरै पर्यटक कुन देशबाट आउँछ र आईरहेका छन्, खर्च कसले गर्छ भन्ने महत्वपूर्ण कुरा रहेको बताए । त्यसैले यो बजेट पनि यतातिरै केन्द्रित भएको उनले बताए । उनले हाल भारतसँगै चीन, बंगलादेश लगायतका दक्षिण एसियाली मुलुकहरुबाट नेपालमा पर्यटक भित्रिरहे पनि आवश्यक प्रणाली नहुँदा यकिन तथ्यांक पाउन नसकिरहेको बताए ।
उनले भारत र चीनबाट आउने पर्यटक हवाई यात्राको आधारमा मात्र गणना हुने गरे पनि लाखौँ संख्यामा स्थलमार्ग (सडक यातायात) मार्फत हुने आगमनको अहिलेसम्म कुनै गणना नहुनु राम्रो नभएको बताए ।
उनले सरकारबाट हुने यस्तो विभेदकाबिच ल्याईएको बोर्डको यस नयाँ बजेटले पनि देसको पर्यटन आगमन संख्या थप बढाउने लक्ष्य र उद्देश्यसहितको प्रचारात्मक कार्यक्रम ल्याउन नसकेको बताए । ‘खाली विदेश भ्रमण हुने, खर्च हुने तर, उपलब्धि प्रायः शून्य हुने कार्यक्रम बजेटमा समेटिनु दुखद् हो’ उनले भने ।
अहिलेसम्म बोर्डको बजेट आउन ढिलाई भएका कारण यसअघि गर्नुपर्ने धेरै कार्यक्रम समयमा गर्न नपाएको उनले बताए । रिजालले अब यसअघि बजेट अभावका कारण रोकिएका कार्यक्रमले गतिलिने जानकारी गराए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।