logo

कैलाश हेलिकोप्टर पब्लिक कम्पनीमा परिणत, अब आईपीओ जारी गर्ने

    670   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – निजी क्षेत्रको हेलिकोप्टर कम्पनी कैलाश हेलिकोप्टर सर्भिसेस प्रालि पब्लिक कम्पनी लिमिटेडमा परिणत भएको छ । पब्लिक कम्पनीमा परिणत भएसँगै कैलाशले अझ उत्कृष्ट तथा परिष्कृत सेवा प्रदान गर्न सर्वसाधारणकालागि आईपीओ जारी गरेर पुँजी वृद्धि गर्ने भएको छ ।

पब्लिक कम्पनी भएपछि हेलिकोप्टर थप गर्दै जाने र त्यसअघि नै आईपीओमा जाने प्रक्रिया अगाडि बढाउने सो कम्पनीले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकोप्टरहरूको पाँच वर्षमा पाँच थान हेली हुनैपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पछ्याउन कैलाशले पुँजी वृद्धिसहित हेलिकोप्टर थप गर्दै जाने निर्णय गरेको हो ।
कम्पनीले सन् २०२४ मा एकथान र सन् २०२६ मा एकथान थप गरी सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर बनाउने नीति लिएको छ । अब आईपीओको प्रक्रिया सुरु हुने सो कम्पनीले जनाएको छ ।
२०७३ सालको १७ फागुनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यो कम्पनीले २३ मार्च २०१८ बाट हेलिकोप्टर उडान सेवा दिन थालेको थियो । कैलाशले हाल एयरबस कम्पनीका एएस ३५० सिरिजका तीनवटा हेलिकोप्टरबाट उडान सेवा प्रदान गर्दै आएको छ । गत २४ असारमा पब्लिक कम्पनीमा जाने निर्णय गरेको सो कम्पनीले गत ३१ असारदेखि नै आवश्यक प्रक्रिया अघि बढाएको थियो ।
कम्पनी ऐन २०६३ को दफा ६३ बमोजिम कारोबार गर्न प्राप्त स्वीकृति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ८ असोजमा उडान सञ्चालन अनुमति (एओसी) मा संशोधन गरेर कैलाश हेलिकोप्टर सर्भिसेस लिमिटेड भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।