logo

कैलाश हेलिकोप्टर पब्लिक कम्पनीमा परिणत, अब आईपीओ जारी गर्ने

    940   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – निजी क्षेत्रको हेलिकोप्टर कम्पनी कैलाश हेलिकोप्टर सर्भिसेस प्रालि पब्लिक कम्पनी लिमिटेडमा परिणत भएको छ । पब्लिक कम्पनीमा परिणत भएसँगै कैलाशले अझ उत्कृष्ट तथा परिष्कृत सेवा प्रदान गर्न सर्वसाधारणकालागि आईपीओ जारी गरेर पुँजी वृद्धि गर्ने भएको छ ।

पब्लिक कम्पनी भएपछि हेलिकोप्टर थप गर्दै जाने र त्यसअघि नै आईपीओमा जाने प्रक्रिया अगाडि बढाउने सो कम्पनीले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकोप्टरहरूको पाँच वर्षमा पाँच थान हेली हुनैपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पछ्याउन कैलाशले पुँजी वृद्धिसहित हेलिकोप्टर थप गर्दै जाने निर्णय गरेको हो ।
कम्पनीले सन् २०२४ मा एकथान र सन् २०२६ मा एकथान थप गरी सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर बनाउने नीति लिएको छ । अब आईपीओको प्रक्रिया सुरु हुने सो कम्पनीले जनाएको छ ।
२०७३ सालको १७ फागुनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यो कम्पनीले २३ मार्च २०१८ बाट हेलिकोप्टर उडान सेवा दिन थालेको थियो । कैलाशले हाल एयरबस कम्पनीका एएस ३५० सिरिजका तीनवटा हेलिकोप्टरबाट उडान सेवा प्रदान गर्दै आएको छ । गत २४ असारमा पब्लिक कम्पनीमा जाने निर्णय गरेको सो कम्पनीले गत ३१ असारदेखि नै आवश्यक प्रक्रिया अघि बढाएको थियो ।
कम्पनी ऐन २०६३ को दफा ६३ बमोजिम कारोबार गर्न प्राप्त स्वीकृति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ८ असोजमा उडान सञ्चालन अनुमति (एओसी) मा संशोधन गरेर कैलाश हेलिकोप्टर सर्भिसेस लिमिटेड भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।