logo

विमान मर्मतमा ढिलाइले निगमको उडान तालिका चौपट, ६ वटा उडान रद्द गर्नुपर्दा एक सातामै गुम्यो ७ करोड

    713   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमको ग्राउन्डेड ९ एन–एकेएक्स कलसाइनको न्यारोबडी विमान मर्मतमा भएको ढिलाइले अहिले निगमको उडान तालिका व्यवस्थापन नै चौपट भएको छ ।
सो विमानको इन्जिन जडानका क्रममा थप बिग्रिएपछि निगमको पूर्व निर्धारित अन्य नियमित उडान तालिका नै विग्रिएर चौपट बन्न पुगेको हो ।
इन्जिन जडान गरी सो विमान शुक्रबार आइसक्ने व्यवस्थापनको जानकारीका आधारमा निगमको व्यापार विभागले शनिबारदेखि नै उडानको तालिका बनाएको थियो । उसले न्यारोबडी विमानका लागि यो साता ६ वटा उडान तय गरेको थियो ।
तर, एक साताअघि इन्जिन जडानका लागि इजरायल पठाइएको विमान थप बिग्रिएको छ। जसका कारण इन्जिन जडान हुन सकेको छैन । इन्जिन जडानका लागि मर्मत गर्नुपर्नेछ।

तर, मर्मतका लागि कति समय लाग्छ भनेर इजरायल एरोस्पेस इण्डस्ट्रीले भनेको छैन। जसका कारण यो साताका लागि तय उडान रद्द गरिएका छन्। ६ वटा उडान रद्द गरिंदा निगमले ७ करोड रुपैयाँ आम्दानी गुमाउनुपरेको छ ।
‘हामीलाई विमान शुक्रबार नै काठमाडौं आइपुग्ने जानकारी दिइएको थियो । त्यहीअनुसार त्यो विमानका लागि हामीले विभिन्न गन्तव्यमा उडान तालिका बनायौं । तर, भनेभन्दा ५ दिन बितिसक्दा पनि विमान कहिले आउँछ भन्ने टुंगो छैन। जसका कारण उडान रद्द गर्नुप¥यो। यसबाट एक सातामै ७ करोड रुपैयाँ आम्दानी गुमाउनुपर्ने स्थिति आयो’ निगमका एक उच्च अधिकारीले भने।
इन्जिनमा आएको समस्याले तीन महिनादेखि सो विमान ग्राउण्डेड छ । यो अवधिमा निगमले एक अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गुमाइसकेको छ । निगमले मर्मतको ठेक्का दिइसकेको अवस्थामा अन्तिममा आएर इन्जिन भाडामा लिने निर्णय गरेको थियो । सो विमान मर्मतको ठेक्का दिइएको र भाडाको इन्जिनका लागि सम्झौता गरिएको कम्पनी एउटै हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।