logo

फेरि विमानस्थलको सर्भर डाउन, हवाई उडान प्रभावित

    712   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) कम्तीमा तीन वटा विमानको उडानमा रहेका सयौं यात्रुले लामो समय विमानस्थलको अध्यागमन चेकिङमा रोकिनु प¥यो । सर्भर विग्रिएको बेला म्यानुअल्ली कागजात चेक गर्न अध्यागमनका कर्मचारीले ढिलाई गरिदिएका कारण सयौं यात्रुको उडान समेत प्रभावित बन्यो । विभिन्न गन्तब्यको उडानकालागि विमानस्थल पुगेका हवाई यात्रुले संधैको सर्भर डाउन हुने समस्याका कारण अनावस्यक सास्ती भोग्नुपरिरहेको छ । केहीको उडान समेत छुट्ने गरेका कारण यात्रु थप मारमा परेका छन ।
यताबाट जाने मात्र नभएर विभानस्थको अध्यागमन कार्यालयको यात्रु चेक जाँच गर्ने सर्भर डाउन भएपनि विदेशबाट फर्किँदै गरेका सयौं यात्रु पनि अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाई हुने गरेको छ ।
अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाहरुको विमानस्थलस्थित संस्था ‘बोर्ड अफ एयरलाइन्स रेप्रजेन्टेटिभ्स इन नेपाल (बान)’ का एक विदेशी प्रतिनिधिका अनुसार, मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर लामो समय बनेको थिएन ।
विमानस्थलको सर्भर बिग्रिएका कारण अध्यागनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन् । यो जोखिमयुक्त हो । सर्भर बिग्रिँदा बायोमेट्रिक रेकर्ड राख्न सकिँदैन । यसरी नेपालमा रहेको अपराधी उम्किने वा नेपाल पस्ने (लुक्न आउने) उच्च जोखिम हुन्छ ।

विदेशी वायुसेवाका कम्पनीका नेपाली कर्मचारीले सर्भर बिग्रिएपछि अध्यागमन कार्यालयका कम्प्युटरबाट विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवाना लगायतका राहदानीसँग सम्बन्धित काममा ढिलाई भएको बताए ।
मंगलबार विमानस्थलको अध्यागमनको सर्भर विग्रिएकै कारण ‘दिल्ली जाने इन्डिगो १७ मिनेट ढिलो मात्र उडेको थियो। यसैगरी, भुटान जाँदैगरेको ड्रियुक एयर पनि समयमै उड्न पाएको थिएन ।
नेपाल वायुसेवा निगमको दिल्ली, थाई स्माइलको बैंकक र इन्डिगोको अर्को दिल्ली उडान पनि निकै डिले भएको थियो । १२ बजेसम्म कम्तीमा ७ सय यात्रु प्रभावित भएको सम्बन्धीत वायुसेवा कम्पनीका प्रतिनिधीहरुले बताएका छन ।
सर्भर बिग्रिएको विषयमा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्राविधिक केन्द्र (जीआईडीसी) मा सफ्टवेयर अध्यावधिक (अपडेट) गर्नेक्रममा विमानस्थलको सर्भरमा पनि समस्या आएको दावी गरे । तर, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कर्मचारीले भने सो समस्या केन्द्रबाट नभएर विमानस्थलबाटै भएको बताए ।
विमानस्थलको सर्भर बिग्रिएको यो पहिलो घटना होइन । यसअघि पनि दर्जनौं पटक सर्भर डाउन हुँदा ५ घन्टासम्म उडान प्रभावित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।