logo

भिस्तारा एयरले १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ उडान भर्ने

    1068   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – भारतीय निजी लगानीको एयरलाइन्स कम्पनी भिस्ताराले अब काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्ने भएको छ । भिस्तारले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने योजना सार्वजनिक गरेको हो ।
उडानका लागि भिस्ताराले ए३२० न्यारोबडी जहाज प्रयोग गर्ने भएको छ । यात्रुले मोबाइल एप्स, वेबसाइट र ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।
एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रशन्न अधिकारीले भिस्ताराले आगमी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको जानकारी दिए ।
यात्रुलाई सुरक्षित र आरमदायी हवाई यात्रा उपलब्ध गराउनु भिस्ताराको मुल लक्ष्य रहेको भन्दै उनले यसै अनुसार काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्न लागेको उनले जनाए ।

काठमाडौंबाट दिल्ली हुँदै हङकङ र हङकङबाट दिल्ली हुँदै काठमाडौं आउजाउ गर्न चाहने यात्रुका लागि यो सुविधा लाभकारी हुने उनले बताए ।
भिस्ताराले हाल काठमाडौं–दिल्ली नियमित उडान भर्दै आएको छ । यात्रुका लागि भिस्ताराले २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
एयरलाइन्सले ‘स्पा’ सुविधा होटल सोल्टी र ¥याडिसनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको छ ।
एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा नियमित उडान भर्दै आएको छ ।
एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।