logo

इयूको एयर सेफ्टी अडिट टोली प्राधिकरणमा‚ २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’

    833   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार – युरोपियन युनियन(इयू) को प्राविधिक टोलीको अडिट सुरु भएसँगै अहिले मुलुकमा दर्ता भएका २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’मा छन् । टोली नेपाल नागरिक उड्डयन प्राधिकरणसँगै तीनवटा वायुसेवाको विशेष अडिट गर्न आएको हो।
यो टोलीले बाँकी कुनै पनि वायुसेवा कम्पनीको अडिट जुनसुकै बेला गर्न सक्ने तालिका रहेको प्राधिकरणका एक कर्मचारीले बताए । नेपाली वायुसेवालाई इयूले ‘हवाई सुरक्षा सूची’मा राखेको छ । जसले गर्दा नेपाली वायुसेवाले युरोपियन यूनियनका सदस्य मुलुकमा नियिमत व्यवसायिक उडान भर्न पाएका छैनन्।

सो सूचीबाट हटाउन नेपालले आग्रह गर्दै आएको छ । त्यसैको जाँचसँगै नेपाली वायुसेवा कति सुरक्षित र नियमन प्रणाली हेर्न टोली आएको हो । ‘इयूबाट आएको प्राविधिक टोलीले सोमबारबाट अडिट सुरु गरिसकेका छन्। प्राधिकरणको अडिट भइरहेको छ । अबको तीन दिनमा जुनसुकै बेला वायुसेवा कम्पनीहरुको अडिट हुने बताउँदै उनले भने,’यतिखेर तयारी रहेका सबै वायुसेवा कम्पनी अलर्ट पो जिसनमा छन्।’

अडिटका लागि इयूको चार सदस्यीय टोली आइतबार नेपाल आइपुगेको हो । टोलीले प्राधिकरणका कामको प्राविधिकसँगै तीनवटा कम्पनीको अडिट गर्नेछ । टोलीले नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र श्री एयरलाइन्सको विशेष अडिट गर्ने पूर्व निर्धारित तालिका छ ।
उनीहरुले नेपालको हवाई सुरक्षाबारे २९ भदौसम्म अडिट गर्नेछन्। प्राधिकरणले अडिटका लागि हवाई सेवा प्रदायक ९ वटा र १२ वटा हेलिकोप्टर कम्पनीलाई तयारी अवस्थामा राखेको छ । टोलीले अडिट प्रतिवेदन ईयू मुख्यालयमा पेस गरेपछि नेपाल सुरक्षा सूचीबाट बाहिर आउने÷नआउने नोभेम्बरमा निश्चित हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।