logo

हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान

    899   पटक पढिएको

२२ भदौ/अर्थ र व्यापार – अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनतर्फ गन्तव्य गरेको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि चीनको चिङताओमा नियमित उडान गर्न लागेको हो ।
‘चिङताओ चीनको पर्यटकीय गन्तव्य हो । हामीले यो उडानमार्फत दुवै देशमा पर्यटन प्रवर्धन गर्ने उद्देश्य लिएका छौं’ कम्पनीका एक कर्मचारीले भने,’ अहिले चिङताओबाट काठमाडौं आउने डाइरेक्ट फ्लाइट छैन । यो उडान चिनियाँ पर्यटकका लागि लक्षित छ।’
सुरुमा सातामा एउटा उडान गर्ने र यात्रुको चाप बढे अर्को महिनाबाटै उडान थप्ने कम्पनीको योजना छ। हिमालय एयरलाइन्सले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ ।
उसले चीनतर्फ पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो। यसको तीन महिनामा कम्पनीले चोङचिङमा नियमित उडान थालेको थियो।
उसले चार वर्षयता चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडान पनि गर्दै आएको छ। एयरलाइन्ससँग चारवटा जहाज छन्। कम्पनीले ती जहाजमार्फत दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेश लगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।