logo

‘टुरिस्ट बस नेपाल एप्स’ सञ्चालनमा

    1177   पटक पढिएको


१५ भदौ/अर्थ र व्यापार –  ‘टुरिस्ट बस नेपाल एप्स’ सञ्चालनमा आएको छ । यो एप सञ्चालनमा आएसँगै अब आन्तरिक तथा बाह्य पर्यटकले अनलाइन मार्फत बस टिकट खरिद गर्न पाउने भएका छन्।
टुरिस्ट बस एशोसियशन अफ नेपालले काठमाडौमा आयोजित कार्यक्रममा सो एप्स को औपचारिक शुभारम्भ गरेको हो । एसोसियसनले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
एसोसियसनका अध्यक्ष कृष्ण आचार्यले यसअघि विभिन्न अनलाइन माध्याममार्फत टिकट खरिद गर्दै आएका पर्यटकको सुविधाका लागि बुधबारबाट ‘टुरिस्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरेको जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटक नझुक्किउन र उनीहरुलाई टिकट खरिदमा सहजता होस् भन्ने उद्देश्यले यो एप्स संचालनमा ल्याएको बताउँदै आचार्यले भने, ‘यस एप्स मार्फत आफू जान चाहेको बसको टिकट, सिट नं र स्थानकोबारेमा सहजै जानकारी लिएर टिकट लिन सकिनेछ।’
एसोसियसनका प्रथम उपाध्यक्ष भीष्म न्यौपानेले हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर तथा पोखरादेखि लुम्बिनी र सौराहामा झण्डै एकसयवटा पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेको जानकारी गराए ।
यसैगरी, महासचिव मिलन नेपालले संसारको जुनसुकै ठाउँमा बसेर अनलाइन मार्फत खरिद गर्न मिल्ने यो एप्स पर्यटक बसको टिकट बुकिङ तथा खरिदकालागि एकदमै उपयोगी र फलदायी हुने दावी गरे ।
उनले एसोसियसनले आगामी असोजदेखि पोखरादेखि मुक्तिनाथसम्म पर्यटकीय बस संचालन गर्ने तयारी थालेको बताए । एसोसियसनका अनुसार हाल काठमाडौंमा पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टेस्थित खुसिबु सडकबाट संचालन हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।